कञ्चनपुर: कञ्चनपुरको एक सामुदायिक विद्यालयलाई दुताबासबाट विद्यालय बस प्राप्त भएको छ । भारतीय दुताबासबाट भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर मावि(साधारण स्कुल)लाई विद्यालय बस प्रदान भएको हो । मंगलबार एक कार्यक्रमका विच विद्यालयले भारतीय दुताबासंग विद्यालय बसको सम्झौता गरेको छ ।

महेन्द्रनगर मावि (साधारण स्कुल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले दुताबासबाट विद्यालयलाई बस प्रदान गर्ने बारे सम्झौता गरेको बताए । ‘हामीले विद्यालयका तर्फबाट दुई बस माग गरेका थियौँ, ‘अध्यक्ष विष्टले भने, ‘पहिलो चरणमा एक बस प्राप्त भएको छ ।’

अध्यक्ष विष्टले विद्यालय व्यवस्थापनको जिम्मेबारी पाएका दिन विद्यार्थीका लागि बस प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । ३१ असारमा औपचारिक रुपमा दुताबासले उक्त बस हस्तान्तरण गर्ने छ । सामुदायिक विद्यालयलाई बस प्रदान भएपछि टाढाका विद्यार्थीलाई सहज हुने भएको छ ।







