कञ्चनपुर : कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमका विच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जिल्ला खोप समन्वय समितिको आयोजनामा कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री शाहले जनताको स्वास्थ्यका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए । मुख्यमन्त्री शाहले प्रदेशका सबै जिल्लालाई पूर्ण खोप सुनिश्चितता गराउन प्रदेश सरकार तयार रहेको बताए । कार्यक्रममा कञ्चनपुरका पालिका प्रमुख,उपप्रमुख लगायतका जनप्रतिनिधीले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले आवश्यक सहयोगको अपेक्षा राखेका छन ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख समेत रहेका जिल्ला खोप समन्वय समितिका सदस्य सचिव समेत रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले सबै पालिकाले खोपयुक्त घोषणा गरेसंगै जिल्लालाई खोपयुक्त घोषणा गरिएको बताए । उनका अनुसार जिल्लाभरी १३९ खोपकेन्द्र मार्फत छुटफुट बालबालिका सहित नियमितलार्इू खोप दिईएको छ । विभिन्न १३ प्रकारका प्राण घातक २० हजार, ५८९ जना बालबालिकालाई खोप लगाईएको छ । कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई सम्मान एव पुरस्कार प्रदान गरिएको थियो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एव जिसस कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले खोप कार्य थप प्रभावकारीमा जोडदिए । कार्यक्रममा स्वाथ्यकर्मी सहितका विभिन्न क्षेत्रका प्रतिनिधीको सहभागिता रहेको थियो ।







