पुनर्वासका पत्रकार बस्नेत पर्यटन प्रवर्द्धनका लागी प्यारातालमा माछाको प्रतिमा निर्माण गर्ने अभियानमा जुटे


पुनर्वास : कञ्चनपुरको पुनर्वासमा पर्यटन प्रवर्द्धनका लागी पुनर्वास ९ बिचाफाटा स्थित प्यारातालमा माछाको प्रतिमा निर्माण हुने भएको छ । प्यारातालको ऐतिहासिक पहिचान स्थापित गराउदै आन्तरिक पर्यटकहरुलाई आकर्षित पार्न आबश्यक संरचना निर्माणका लागि नागरिक स्तरबाट अभियानको सुरुआत गरिएको हो ।
नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश पार्षद समेत रहेका पुनर्वासका जेष्ठ एवम् वरिष्ठ पत्रकार दीपेन्द्र बस्नेतले गत असार २० गते सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखि प्रतिमा निर्माणका लागि आर्थिक सहयोग गर्न आव्हान गरेका थिए । फेसबुकमा आर्थिक सहयोग गर्न अपील गरेर सुरु भएको सो अभियानलाई हालसम्म दर्जनभन्दा बढी व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन ।
देश तथा विदेशमा रहेका पुनर्वासी नागरिकहरुबाट ५०४५९/- रुपैयाँ आर्थिक सहयोग जुटेको पत्रकार बस्नेतले बताए । प्यारातालमा पर्यटन विकासको आधार थुप्रै भए पनि पर्यटन प्रवर्द्धनको जिम्मेवारी बोकेका निकायहरुको मौन देखिएपछि स्वस्फूर्त रुपमा नागरिक स्तरबाट अभियान चलाउनु परेको पत्रकार बस्नेतले बताए ।
सो अभियानमा बुद्धिमान तामाङले ५,५०० , दधिराम गौतमले ५,१०० , अर्जुन बोगटी ५,१०० , करण भाट क्षेत्री ५००० , बिष्णु शर्मा ३०००, नारायण सुवेदी ३००५ , बुद्धि कटुवाल २५००, मानबहादुर धामी २१२१ , कृष्ण जैसी २१००, दीपक सुनार २१००, मनिराम खानाल २००० , पत्राकार केशव भट्टराई ११११ , राजेन्द्र बराल १००० , अर्जुन केसी १००० , श्रीराम हमाल १००० र भुपेन्द्र बस्नेतले ५०० आर्थिक सहयोग गरेका छन् । यसैगरी अभियानलाई सार्थक बनाउन पुनर्वास नगरपालिका ५ का युवा बिमल बिश्वकर्माले पनि १५५५/- रुपैयाँ साहायता गर्ने घोषणा गर्नु भएको छ बस्नेतले भने।

प्यारातालमा पर्यटन प्रवर्द्धनका लागि पहिलोपटक नागरिक स्तरबाट सुरु गरिएको अभियान र तालमा पर्यटक आ‍कर्षणका भौतिक संरचना निर्माणको सन्दर्भमा पुनर्वास नगरपालिकाको ९ का वडा अध्यक्ष नरबहादुर बि.क संग छलफल गरिएको पत्रकार बस्नेतले बताए।

नागरिक स्तरबाट संचालन गरिएको अभियानसंग सहकार्य गर्न वडा कार्यालय इच्छुक रहेको र आर्थिक वर्ष २०८०/०८१ को वडाको बजेटबाट प्यारातालको पहिचान झल्किने गरि अभियन्ताहरुले निर्माण गर्ने संरचनामा सहयोग जुटाउने प्रतिबद्धता जनाएकाे अभियन्ता बस्नेतले बताए।


Loading Viewer...

ताजा समाचार

spot_img