गरिब जनतामारा लघुवित्त खारेजीको अभियान संचालन गछौँ : अध्यक्ष चौधरी


कञ्चनपुर : कैलाली–कञ्चनपुरका लघु वित्तका ऋणीहरुले गरिब जनतामारा लघुवित्त खारेजीको अभियान संचालन गर्ने चेतावनी दिएका छन । बिहीबार बेलौरीमा लघुवित्त वित्त संस्था बिरुद्धको संघर्ष समितिले आयोजना गरेको भेलामा लघुवित्त ऋणी अगुवाहरुले गरिब जनतामारा लघुवित्त खारेजीको अभियान संचालन गर्ने चेतावनी दिएका छन ।


लघुवित्त संस्था बिरुद्धको संघर्ष समितिका अध्यक्ष बुझाउना चौधरीले गरिबमाथि दमन गर्ने लघु वित्त खारेजीदेखि ऋणीमाथि सताउने लघु वित्त बिरुद्धमा प्रतिकार गर्नका लागि सुकमाया तामाङ्ग नेतृत्वमा संघर्ष समिति गठन गरिएको बताए । ‘आगामी असार २९ र ३० गते नेपाल बन्द आब्हान अनुरुप कञ्चनपुरमा पनि बन्द सफल पाछौँ, ‘उनले भने, ‘यसका साथै हाम्रा दिदिबहिनी सताउनेमाथि कार्बाही गछौँ ।’ गाँउ गाँउदेखि गरिब जनतामारा लघुवित्त खारेजी अभियान संचालन गर्ने उनले चेतावनी दिए ।


Loading Viewer...

ताजा समाचार

spot_img