कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिद्यार्थीहरुलाई शैक्षिक सामग्रीको रुपमा ‘एलसिडी राइटिङ ट्याबलेट’ सवतरण गरेको छ । पालिकाको वडा नं. २ ले विद्यार्थीलाई ‘एलसिडी राइटिङ ट्याबलेट’ वितरण गरेको हो बैजनाथ आधारभूत विद्यालय लक्ष्मीपुरका ३५ जना विद्यार्थीलाई ‘एलसिडी राइटिङ ट्याबलेट’ वितरण गरेको वडाध्यक्ष भोदुराम डगौराले जानकारी दिएका छन् । बालविकास र कक्षा १ मा अध्ययनरत विद्यार्थीहरुको पढाईमा सहजताका लागि ट्याबलेट वितरण गरिएको वडाध्यक्ष डगौराले बताए ।

एलसिडी राइटिङ ट्याबलेट’ खरिदका लागि वडा कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा २० हजार रकम छुट्याएको थियो । प्रत्येक विद्यार्थीलाई एक/एक ‘एलसिडी राइटिङ ट्याबलेट’ वितरण गरेका छौं,वडाध्यक्ष डगौराले भने,विद्यार्थीहरुलाई लेख्न र लेखेका कुरा मेटाउन सहज हुने आधुनिक प्रविधिको ट्यावलेट उपलब्ध गराएका हौं ।विद्यार्थीहरुलाई कापीमा लेख्न समस्या हुने र ट्याबलेटमा लेखनका लागि निकै सहज हुने भएकाले यसको व्यवस्था मिलाइएको उनको भनाई छ ।

युग सुहाउँदो शिक्षा आजको आवश्यकता हो,उनले भने,आगामी दिनहरुमा पनि वडाको शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्नेछ । विद्यालयका प्रधानाध्यापक जगदीश प्रसाद जोशीले विद्यार्थीहरुलाई ‘एलसिडी राइटिङ ट्याबलेट’वितरण गरेकामा वडा कार्यालयलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा राखेको बताए ।यो ट्याबलेट विद्यार्थीका लागि अति उपयोगी हुनेछ, यसले अभिभावकको कापी खरिदमा हुने खर्च पनि कम गर्नेछ,उनले भने ।







