व्यवसायी शाहद्वारा घाईते पत्रकार आचार्य दमाईलाई खाद्यान्न


कञ्चनपुर : सवारी दुर्घटनामा परेर घाईते भएका पत्रकार आचार्य कृष्ण दमाईलाई कञ्चनपुरका एक व्यवसायीले खाद्यान्न सहयोग गरेका छन । महेन्द्रनगर कञ्चनपुरका युवा व्यवसायी हरिकृष्ण शाहले घाईते पत्रकार आचार्य कृष्ण दमाईलाई खाद्यान्न सहयोग गरेका हुन ।
बिहीबार शाहले घाईतेका दाजु टिकाराम दमाईलाई चामल, दाल तेल हस्तान्तरण गरेका छन । महेन्द्रनगर स्थित हरिकृष्ण टे«ड एण्ड सप्लार्यसका संचालक समेत रहेका शाहले पत्रकार दमाईको घरसायी अवस्था दयनिय भएकाले समाजिक सेवा गर्ने गरेका छन । असार पहिलो साता पत्रकार आचार्य दमाई सवारी दुर्घटनामा परेर घाईते भएका थिए । दैनिक काम गरेर घर गुजारा चलाउँदै आएका पत्रकार दमाई घाईते भएपनि घरखर्च चलाउन समस्या भईरहेको छ । घाईते पत्रकारको परिवारले सहयोगीदाताप्रति आभार प्रकट गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img