ईन्टरनेशल पब्लिक स्कुलमा राष्ट्रिय सेवा दल तालिम बारे अन्तरकृया


कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगरमा रहेको ईन्टरनेशनल पब्लिक स्कुलमा राष्ट्रिय सेवा दल(एनसीसी) बारे अन्तरकुया गरिएको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको ईन्टरनेशनल पब्लिकस्कुलमा राष्ट्रिय सेवा दल(एनसीसी) बारे अन्तरकुया गरिएको हो । बुधबार ईन्टरनेशनल पब्लिकस्कुलको आयोजनामा विद्यालयको हलमै एनसीसी तालिम बारे अभिभावक र विद्यार्थीसंग अन्तरकृया गरिएको छ । ईन्टरनेशनल पब्लिकस्कुलका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले विद्यार्थीलाई अनुशासन र राष्ट्रप्रति ओतप्रेरित गराउने उदेश्यका साथ अन्तरकृया गरिएको बताए । प्रिन्सिपल भट्टले ०७५ सालदेखि विद्यालयलमा नियमित तालिम संचालन गर्दै आएको छ । ०७९ सालमा ईन्टरनेशनलकै छात्र दिनेश ओडले अवार्ड पाएका थिए ।

कार्यक्रममा नेपाली सेनाको श्रीदल गुल्मका सेना अधिकृत कर्मचारीले एनसीसी तालिम बारे जानकारी गराएका थिए । हरेक बर्ष सेनाले कञ्चनपुरमा सयौँ विद्यार्थीलाई तालिम दिदै आएको छ । कार्यक्रममा अभिभावक विद्यार्थीले एनसीसी तालिम प्रभावकारी भएको बताएका छन । उक्त कार्यक्रममा विद्यालयले भीमदत्त नगरपालिका ३ का वडाध्यक्ष गगन सिह धामी र महिला समाजसेवी शारदा चन्दलाई सम्मान गरिएको छ । विद्यालयले बार्षिकोत्सवको अवसरमा वडाध्यक्ष धामी र अधिकारकर्मी चन्दलाई सम्मान गरेको थियो। तर, उतिबेला प्रमाण पत्र र दोसल्ला हस्तान्तरण गर्न नसकेपछि बुधबार अधिकारकर्मी चन्दलाई प्रमाण पत्रका साथै सम्मान गरिएको छ । भने, वडाध्यक्ष धामीलाई हस्तान्तरण गर्न बाँकी छ । कार्यक्रममा विद्यालय संचालक समिति, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकको सहभागिता रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img