“बहुमुल्य स्वास्थ्य,मेरो स्वास्थ्य” नसर्ने राेग तथा लागुऔषध नियन्त्रण अभियान तथा ब्राण्ड एम्बेष्डर कार्यक्रम सम्पन्न


धनगढी : “बहुमुल्य स्वास्थ्य, मेरो स्वास्थ्य” नसर्ने राेग तथा लागुऔषध नियन्त्रण अभियान तथा ब्राण्ड एम्बेष्डर कार्यक्रम साेमवार धनगढीमा सम्पन्न भएकाे छ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथि रहेकाे कार्यक्रममा नसर्ने राेगबाट मानिसलाई वच्न बचाउन, समाजमा बिकराल रुपमा बढ्दै गएकाे लागुऔषध सेवन, ओसार पसार र ब्यापारका घट्ना नियन्त्रण गर्न कार्यक्रम गरिएकाे हाे । कार्यक्रममा बाेल्दै उद्याेग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले लागु औषधले समाजमा बिकराल समस्या ल्याएकाे उल्लेख गर्दै कार्यक्रम असाध्यै महत्त्वपूर्ण रहेकाे र प्रदेश सरकार लागुऔषध शुन्यमा झार्न लागिपर्ने बताएका थिए । सामाजिक विकास मन्त्रालयका सचिव ज्ञान प्रसाद ढकालले सुदुरपश्चिम क्षेत्रमा निसर्ने राेग र लागुऔषधकाे समस्या बढ्दाे रुपमा रहेकाेले याे घटाउन नीति याेजना अगाडि बढाउने र सबैले मिलेर अगाडि बढ्नुपर्ने बताएका छन ।

कैलालीका डियस्पि भरत चाैधरिले प्रहरी लागुऔषध नियन्त्रणमा नियमित लागिरहेकाे, समस्या शहर मात्र नभएर गाउँ गाउँ सम्म पुगेकाेले सबैले मिलेर अगाडि बढ्नु पर्ने अवस्था रहेकाे उल्लेख गरे । यस्तै बाण्ड एम्बष्डर चयन भएका गायक प्रमाेद खरेलले जिवनमा खाना र जिवशैलिका कारण नसर्ने राेग र लागुऔषधका समस्याहरु बढिरहेका छन । याे नियन्त्रणका लागि आफ्नाे भाषा र जिवनशैलीमा समेत याे बिषय अगाडि सार्ने प्रतिबद्धता गर्नुभयाे । यस्तै कलाकार सन्दिप क्षेत्रीले लागुऔषध थाेरै थाेरै प्रयाेग गर्दै जाने र पछि लागुऔषधले नै मानिसलाई नछाेड्ने भएका कारण लागुऔषध बाट बच्नुपर्ने बताएका छन । १२ बर्षसम्म लागुऔषध प्रयाेगकर्ता रहि अहिले लागुऔषध छाेडेर सामान्य जीवन बिताईरहेका कल्पेश कुवँरले लागुऔषधकाे जिवनशैली ठुलाे जन्जाल रहेकाे, याे मात्र दायित्व नभएर सबै आम नागरिककाे समेत दायित्व भएका कारण सबै मिलेर समाज बाट याे समस्या हटाउन लागिपर्नुपर्ने बताउदै माेटिभेसन गरेका थिए ।

यस्तै स्वास्थ्य प्रवर्धन कार्यालयका प्रमुख हेमराज खड्काले बहुमुल्य स्वास्थ्य मेराे स्वास्थ्य भन्ने नारा सहित कार्यक्रममा स्वागत र सहभागी हरुलाइ लागुऔषध नियन्त्रण र जिवनशैली परिवर्तन गरि स्वस्थ्य रहन प्रतिबद्धता गराउनुभएकाे छ । लगायतका  कार्यक्रममा सुदुरपश्चिम समेत देशकै प्रमुख कलाकार हरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा कलाकार गायक प्रमाेद खरेललाई स्वास्थ्य प्रवर्द्धन ब्रान्ड एम्बेस्डर बनाईएकाे छ । कार्यक्रममा नेथन रायन, सन्दिप क्षेत्री, जयन्ती ओझा लगायत अन्य कलाकारहरु र लागुऔषध प्रयाेग कर्ता रहि यश बाट मुक्त भएका युवाँ, अभियन्ता,मन्त्रालयका सचिव, प्रहरि, पत्रकार, युवाँ, विद्यार्थि लगायत सम्बन्धित क्षेत्रका ब्याक्तिहरुकाे उपस्थिति रहेकाे थियाे । विविध कार्यक्रमका साथ सम्पन्न गरियो ।


Loading Viewer...

ताजा समाचार

spot_img