अध्यक्षले सडक निर्माणमा मनपरी गरेको आरोप


कञ्चनपुर : पुर्वाधार निर्माणको काममा भीमदत्त नगरपालिका ९ का वडा अध्यक्षले मनपरि गरेको आरोप लागेको छ । प्रदेश सरकारको पुर्वाधार निर्माण कार्य अन्र्तगत भिनपा ९ स्थित मटेना कृषि सडकबाट जैविक मार्ग जोडने सडक कालोपत्रेका लागि आएको बजेटमा वडा अध्यक्ष गगन सिंह कार्कीले मनपरी गरेको आरोप लागेका हो । उक्त सडक कालोपत्रेका लागि प्रदेश सरकारबाट २० लाख रुपैया आएको थियो । मटेनादेखी स्थानीय गणेश सिह कार्किको घर हुदै जैविक मार्ग जोड्ने सडक कालोपत्रे शिर्षकमा आएको बजेट सोही वडाको अन्य स्थानमा कालोपत्रे गर्न लागेको स्थानीयले गुनासो गरेका छ्न । उक्त शिर्षकमा एउटै नाम थर दुई व्यक्तिको मिल्न गएको आधारमा अध्यक्ष कार्कीले सडक कालो पत्रे मनपरी ढंग बाट निर्माण कार्य शुरु गरेका छन् ।

सहोदर भतिजा गणेशसिह कार्कीको घर नजिकै देखि कामीटोल सम्मको सडकमा कालोपत्रे गर्न थालेको स्थानिएको आरोप छ । वडा अध्यक्ष कार्कीले पुर्वाधार बिकासको अनुगमन टोलिलाई समेत गुमराहमा राखेको स्थानिय गणेश कार्कीले आरोप लगाएका छन् । मटेनाका स्थानिय बसिन्दाले उक्त बिवादित काम रोक्न पुर्वाधार बिकास कार्यालय महेन्द्रनगरमा मंगलबार निबेदन समेत दिएका थिए ।

उक्त विषयमा वडा अध्यक्ष गगंन सिंह कार्की सँग जानकारी लिदाँ आफुले कुनै मनपरी नगरेको बताएका छन् । ‘भीनपा ९ स्थित मटेनामा दुई जना गणेश सिह कार्की रहेका छन् ।’ अध्यक्षका अनुसार ‘एक जना गणेश सिह कार्कीको घर नजिक निर्माणाधिन सडक खण्डमा पर्दछ भने अर्को व्यक्ति गणेश सिह कार्कीको घर सडक देखि टाडा विचमा पर्दछ । जुन बजेट शिर्षकमा आएको छ सोहि गणेश सिहं काकीको घर देखि कामीटोल जोडने सडक कालोपत्रे भन्ने शिर्षकमा आएको हुँदा सडक कालोपत्रे गर्ने काम भई रहेको वडा अध्यक्ष कार्कीले बताए ।’ ‘आफुले कुनै आफन्तको घर बाट नहाली शिर्षक बमोजिम काम गरेको विष्टले बताए ।’ ‘तपाईलाई स्थानीयको बिरोधपछि पुर्वाधार कार्यालयले तत्काल सडक निर्माणको काम रोक्न आदेश आएको छ भनेर सोध्दा वडा अध्यक्ष कार्कीले आफुलाई अहिले सम्म कहि कतै बाट जानकारी नआएको बताए ।’


Loading Viewer...

ताजा समाचार

spot_img