कञ्चनपुर : जय महाकाल युवा समुह बेलौरीको अध्यक्षमा मदन बोहरा चयन भएका छन । जय महाकाल युवा समुह कञ्चनपुरले पालिका स्तरमा समिति गठन अन्र्तरगत सोमबार बेलौरीमा समिति चयन गरेको थियो ।

जय महाकाल युवा समुह कञ्चनपुरका महासचिव हिम्मत भण्डारीले बेलौरीमा सहमतीय आधारमा समिति विस्तार गरिएको बताए । उनका अनुसार उपाध्यक्ष धर्मिन्द्र गिरी, सचिव ईश्वर चन्द, सहसचिव हिमाल श्रेष्ठ, कोषाध्यक्ष पुष्कर बुडाल, सदस्य विष्णू अवस्थी, रामसिह बुडाल, अभिषेक विष्ट, सागर विष्ट, प्रविन कुँवर, अशोक पाण्डे सहित रहेका छन । भ्रष्टाचार बिरुद्धका साथै विकृति, बिसङगती बिरुद्धमा जय महाकाल युवा समुहले बुलन्द आवाज उठान गर्नेछ ।







