वात्सल्य विद्या निकेतन बेलौरीले लियो एन-प्याब्सन कञ्चनपुरको सदस्यता


प्रकाश भट्ट/कञ्चनपुर – वात्सल्य विद्या निकेतन बेलौरीले एन-प्याब्सन कञ्चनपुरको सदस्यता लिएको छ। शनिबार एन-प्याब्सन कञ्चनपुरद्वारा आयोजित जिल्ला स्तरीय निबन्ध प्रतियोगिताको अवसरमा जिल्ला अध्यक्ष झङ्कर राज जोशीले वात्सल्य विद्या निकेतन बेलौरीलाई एन-प्याब्सनको सदस्यता प्रमाणपत्र प्रदान गरेको एन-प्याब्सन कञ्चनपुरका जिल्ला सचिव बलदेव भट्टले बताउनुभयो। एन-प्याब्सनका केन्द्रीय सदस्य सत्येश बहादुर चन्दले विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिह दयाललाई खादा तथा टीका लगाएर एन-प्याब्सनमा स्वागत समेत गरेको सचिव भट्टले बताउनुभयो। सचिव भट्टका अनुसार विद्यालयले लामो समय देखि एन-प्याब्सनमा जोडिन खोजेको तर उपयुक्त समयको अवसर पारेर सदस्यता प्रदान गरिएको समेत उनले बताउनुभयो।

जिल्ला अध्यक्ष झङ्कर राज जोशीले पछिल्लो समय वात्सल्य विद्या निकेतन बेलौरीले शैक्षिक क्षेत्रमा राम्रो कार्य गरिरहेको र उच्च शैक्षिक व्यक्तित्वहरू द्वारा सञ्चालित शैक्षिक संस्था सङ्गठनमा जोडिँदा खुशी भएको बताएका छन्। बेलौरी नगरपालिका ४ बेलौरीमा स्थित वात्सल्य विद्या निकेतनमा हाल माध्यमिक तह सम्मको पढाइ सञ्चालन भइरहेको तथा विद्यालयको भिजन ‘Preparing global citizens with good health,humanity and life skills’ रहेको विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिह दयालले बताउनु भयो । हाल विद्यालयले शैक्षिक लगायत खेलकुदका क्षेत्रमा समेत राम्रो उपलब्धि गर्दै आइरहेको समेत उहाँले बताउनुभयो। उहाँले भन्नुभयो ‘विद्यालयले जिल्ला स्तरीय कराते च्याम्पियन सिपमा पहिलो र दोस्रो स्थान हात पारेको छ भने नगरपालिका स्तरीय खेलकुदमा पनि विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याइसकेको छ।’ त्यस्तै वात्सल्य निकेतन बाट ११ बर्षिय रमित भट्ट सबैभन्दा कान्छा मेची-महाकाली साइकल यात्रीको रुपमा सहभागी भइसकेका छन् ।

एन -प्याब्सनमा गरिने अतिरिक्त कार्यक्रमहरूलाई नजिक बाट नियाल्दै आइरहेको र जोडिन प्रयास गरिरहेको तथा आज सदस्यता पाउँदा खुशी लागेको प्रधानाध्यापक दयालको भनाइ रहेको छ । सुदूरपश्चिम विश्वविद्यालय शिक्षा विभाग प्रमुख उद्धव देव भट्ट प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा एन प्याब्सन केन्द्रीय सदस्य सत्येश बहादुर चन्दले एन-प्याब्सनले शैक्षिक क्यालेन्डर बनाएर विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गरि विविध कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिँदै वात्सल्यको एन-प्याब्सन प्रतिको आकर्षण समेत यस्तै कार्यक्रमको परिणाम भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा एन-प्याब्सन प्रदेश सचिव वीर बहादुर चन्द भिमदत्त नगर शिक्षा समिति निलम आले, कोशाध्यक्ष दिनेश भट्ट वेदकोट नगरपालिका समिति अध्यक्ष राजेन्द्र जोशी, बेलौरी नगरपालिका समिति अध्यक्ष खडक शाह लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रममा एन-प्याब्सनका जिल्ला सहसचिव नरेन्द्र महताको स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन भने एन-प्याब्सन कञ्चनपुरका जिल्ला सचिव बलदेव भट्टले गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img