कञ्चनपुर: युवा भलिबल प्रशिक्षक लाल बहादुर बाटालालाई सुदुरपश्चिम प्रदेश सरकारले भलिबल प्रशिक्षकमा नियुक्त गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले बाटालालाई भलिबल प्रशिक्षकका नियुक्त गरेको हो ।

कञ्चनपुर सजल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले समाजिक विकास मन्त्रालयले भलिबल प्रशिक्षक समेत रहेका बाटालालाई प्रदेशको भलिबल प्रशिक्षकमा नियुक्त गरेको बताए । समाजिक विकासमन्त्री झपट बहादुर साउदले भलिबल प्रशिक्षक बाटालालाई नियुक्त दिदै बधाई तथा शुभकामना दिएका छन । भलिबल प्रशिक्षकमा नियुक्त भएका बाटालाले प्रदेश सरकारले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।







