महेन्द्रनगर–डडेल्धुरामा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका वडा नंम्बर ७ पिपलकोटका ९ बर्षिय प्रेम पुनमगरको झाडापखालबाट बिहीबार मृत्यू भएको हो । पिपलकोटकै सिद्धनाथमाविमा कक्षा ३ मा अध्ययनरत पुनमगरलाई बुधबारबाट झाडापखाला भएको थियो । पानी परेर बाटोघाटो समस्याका कारण समयमा जोगबुडा अस्पताल समेत लग्न नसकिएको स्थानीय नरेन्द्र बोहराले बताए ।

स्थानीय नरेन्द्र बोहराका अनुसार मृतक प्रेमकै आमा ५३ बर्षिया दिलादेवी पुनमगर पनि झाडापखाला भई स्वास्थ्य केन्द्र मलासमा उचाररत छन । विरामी दिलादेवीमा पनि कडा खालको झाडा पखाला भएकाले हैजाको आसंका रहेको स्थानीय बोहराले बताए । बर्षादको पानीका कारण पहिरोले सडक अवरोध भएकाले मलासको पुरै गाउँ सडक संञ्जालबाट अलग्गिएको छ ।
केही दिन अगाडि परशुराम नगरपालिकाकै वडा नं. ८ गुप्तीगडामा बैशाखको अन्तिम सातातिर हैजाको जिवाणु भेटिएको थियो भने हैजाको कारण १ जना १३ बर्षिया बालिकाको मृत्यू समेत भएको थियो । झण्डै चार बर्ष अघि वडा नंम्बर ८ कै सानखोला र धादलीफाटामा हैजाको प्रकोप देखिएको थियो ।







