कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका एक जनप्रतिनिधीले सवारी दुर्घटनामा परेर घाईते भएका पत्रकार आचार्य कृष्ण दमाईलाई आर्थिक सहयोग गरेका छन ।
बेदकोट नगरपालिका कार्यपालिका सदस्य, समेत रहेका काँग्रेस नगर सचिव एव दलित समुदायको हक अधिकारका अभियन्ता पवन नेपालीले घाईते भएका पत्रकार आचार्य कृष्ण दमाईलाई आर्थिक सहयोग गरेका हुन ।

बिहीबार जनप्रतिनिधी नेपालीले घाईते पत्रकार कृष्णलाई पौष्टिकतत्व एव आधारभूत खाद्यान्नका लागि नगद ३ हजार सहयोग गरेका छन । समाजिक सेवा गर्ने उदेश्यका साथ घाईते पत्रकारलाई उनले सहयोग गरेका छन ।
दैनिक काम गरेर घर परिवारको गुजारा चलाउँदै आएका भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरका स्थानीय समेत रहेका पत्रकार दमाई सवारी दुर्घटनामा घाईते भएसंगै घरमा खाद्यान्न संकट भएपछि नेपालीले सहयोग गरेका छन ।







