कृष्ण साउद/कञ्चनपुर : मुद्दाको चाप अनुसार न्यायाधीशकाे दर्वन्धि नहुदा न्याय सम्पादनमा ढिलाइ हुने गरेको जिल्ला अदालत कञ्चनपुरका स्रेस्तेदार जयन्ती अवस्थि भट्टले वताउनु भएको छ । उहाले दुई वर्ष नाघेका मुद्दालाई सुन्यामा झार्ने नीति भए पनि मुद्दाको चाप अनुसार न्यायाधीश दर्वन्धि नहुदा अहिले पनि ३३ वटा मुद्दा अझै नटुङगिएकाे वताउनु भयो ।
कञ्चनपुर जिल्ला अदालतमा दुई जना न्यायाधीश काे दर्वन्धि रहेकोमा विगत दुई महिना देखि एक जना न्यायाधीश मात्रै रहेका छन ।
जिल्ला अदालतकाे क्षेेत्राधिकार वढेकाे दर न्यायाधीश र कर्मचारीकाे दर्वन्धि नवढेदा न्याय सम्पादनमा ढिलो हुने गरेको स्रेस्तेदार भट्टकाे भनाइ रहेको छ । उहाले हाल जिल्ला अदालत कञ्चनपुरमा चालू अा व मा दर्ता भएका देवानि ४६१ र फेेजदारि मुद्दा ५८३ गरि १०४४ र गत अा व वाट सरिअायका फेजदारि मुद्दा ४१४ र देवानि ३८१ गरि कुल १९४२ मुद्दा रहेकोमा हाल सम्म देवानि ४१७ र फेजदारि ५२३ गरि ९४० मुद्दा बाकी रहेको वताउनु भएको छ ।






