कञ्चनपुर : कञ्चनपुरको सीमावर्ती दोधाराचाँदनी र भीमदत्त नगरपालिकामा अवैध रुपमा औषधी पसल संचालन गर्दै आएका भारतीय व्यवसायी बिरुद्धमा ईलाज सम्बन्धी कसुर अन्र्तरगत मुद्दा चलाईने भएको छ । लामो समयदेखि एकछत्र गैरकानुनी रुपमा मापदण्ड विपरित औषधी बेचबिखन गर्दै आएका ११ भारतीय औषधी व्यवसायी बिरुद्ध कञ्चनपुर प्रहरीले मुलुकी अपराध संहिता ०७४ को परिच्छेद १९ बमोजिम जोखिमपूर्ण औषधी बिक्रि वितरण बिरुद्धमा मुद्दा चलाईने भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले उनीहरु बिरुद्धमा दुई मुद्दा आकर्षित हुने भएपनि शिघ्र कार्बाहीका लागि इलाज सम्बन्धी कसुर अन्र्तरगत मुद्दा चलाउन लागेको बताए । पक्राउ परेका ११भारतीय बिरुद्धमा औषधी व्यवस्था विभागबाट समेत मुद्दा चलाउन सकिने भएकाले उताबाट कसुर कम लाग्ने भएकाले इलाज सम्बन्धी कसुरमा मुद्दा चलाउन लागेको बताए । इलाज कसुरमा कानुन बमोजिम औषधी बिक्रि वितरण गर्न पाउने व्यक्तिले इलाज गर्न पाउने इलाज गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस बिना कसैलाई मानव शरीरमा गम्भिर असर हुने कुनै लागु औषध विषादी वा जोखिमपुर्ण औषधी बिक्रि वितरण गर्न नहुने कानुनमा उल्लेख छ ।

तर, ती भारतीय नागरिकले गैर कानुनी रुपमा औषध बिक्रि वितरणदेखि उपचार गरेर मानव स्वास्थ्यमाथि हानी पु¥याएको भेटिएको एसपी थापाले बताए । उनका अनुसार पूर्ण जोखिम मध्यम तथा समान्य गरी तीन प्रकारले अवैध रुपमा औषधी बेचबिखन गरेको पाईएको छ । ‘अवैध रुपमा गर्भपतन गराउने पनि रहेछन, ‘एसपी थापाले भने, ‘उनीहरु सबै एकेडेमिक रुपमा मेडिकल शिक्षा अध्ययन गरेका होईनन, यस्तै औषधी पसलमा काम गरेर नेपालमा आएर पसल थापेको पाईयो ।’ दोधाराचाँदनी नगरपालिका क्षेत्रबाट ९ र भीमदत्त नगरपालिकाबाट २ जनालाई पक्राउ गरिएको एसपी थापाले बताए । उनका अनुसार दोधाराचाँदनी नगरपालिका १ मिलन चौराहमा अनुमती नलिएर औषधी पसल संचालन गरेर उपचार गर्दै आएका भारत उद्धवसिह नगर कुतियाकभरका ३८ बर्षिया निवास गाईन, दोधाराचाँदनी ३ श्रेष्ठ चौराहमा अवैध रुपमा मेडिकल संचालन गरेका उद्धमसिह नगर खटिमा बस्ने ३२ बर्षिया कार्तिक सरदार, सोही ठाँउबस्नेदेखि घर भएका ४९ बर्षिया निरन्जन अधिकारी, उद्धवसिह नगर खटिमा बस्ने २५ बर्षिया भुपेन्द्र पुरी, दोधाराचाँदनी ४ लठघाट चौराहमा पसलको नाम नराखी अनुमती बिनै औषध पसल संचालन गर्दै आएका पिलिभित रानीकलौनी पोष्ट मजौलाका ४४ बर्षिया सुधान्सु हल्दार, उद्धवसिह नगर खटिमा बस्ने २३ बर्षिया रवि विश्वास र दोधाराचाँदनी ७ कञ्चनभोजमा अनुमती बिनै मेडिकल संचालन गरेका भारत उद्धवसिह नगर खटिमा बस्ने २६ बर्षिया संजय विश्वास, ४६ बर्षिया राजेश विश्वास, ४५ बर्षिया सन्तोष सरकारलाई पक्राउ गरिएको थियो ।

भीमदत्त नगरपालिका ९ ब्रम्हदेबबाट भारत नोदिया पोष्ट ग्राम ईटापुकुरका ३९ बर्षिया गोकुल मण्डल र भीनपा १३ बडैपुरबाट भारत पिलिभित न्यूरियाका ३५ बर्षिया राजा शान्तिरज बैरागीलाई पक्राउ गरिएको थियो । सीमावर्ती दोधाराचाँदनीमा भारतीय औषधी व्यवसायीले नेपाली नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको पटक पटक प्रहरीमा जानकारी गराउँदा अहिले एसपी कमल थापा नेतृत्वमा गैर कानुनी काम गर्ने औषधी व्यवसायीमाथि एक्सन भएको स्थानीयको भनाई छ । कञ्चनपुर प्रहरीले जिल्लाका अन्य स्थानमा पनि यस्तै गैर कानुनी रुपमा मेडिकल सचालन गरेको भेटिए कार्बाही गर्ने चेतावनी दिए । ‘अहिले हामीले यसलाई जनताको स्वास्थ्यप्रति पूर्ण खेलवार्ड रोक्नेदेखि लागु औषधलाई ब्रेकडाउन गर्न खोजेका हौँ, ‘एसपी थापाले भने, ‘हामीले एक्सन गरेपछि यिनै मान्छे फेरी आएर गैर कानुनी रुपमा औषध बेचबिखन गर्दैनन ।’ बरामद गरिएको लागु औषध सहित गाँजा समेत प्रहरीले नष्ट गरेको छ । इलास कसुरमा कसुर गर्ने वा गराउने व्यक्तिलाई २ बर्षसम्म कैद वा २० हजार जरिवानादेखि दुवै सजाय तोकिएको छ ।







