कञ्चनपुर : सुदूरपश्चिम प्रदेश तराईका जिल्ला(कैलाली,कञ्चनपुर) लागु औषधको आँखडा बनिरहेका बेला नेपाल प्रहरी लागु औषध बिरुद्धमा निर्मम बन्दै गएको छ । कैलाली–कञ्चनपुर प्रहरीले दैनिक लागु औषध बिरुद्धमा कार्बाही अघि बढाएको छ । लागु औषध नियन्त्रणमा दुवै जिल्लाका प्रहरी उत्तिकै सकृय भएका तथ्यहरु बाहिरिएका छन । यतिबेला कैलाली र कञ्चनपुर प्रहरीविच लागु औषध नियन्त्रणका लागि प्रतिस्पर्धात्मक कार्बाही भईरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलाली–कञ्चनपुर प्रहरीले लागु औषध नियन्त्रणमा युद्धस्तरमै काम गरेको तथ्याङ्क रहेको जनाएको छ । दुवै जिल्लाका प्रहरी दैनिक जसो सरदर २ देखि ४ जना लागु औषध सहित तस्करीमा संलग्नलाई पक्राउ गर्दै आएका छन । प्रदेशका ९ जिल्ला मध्ये सीमावर्ती भारतसंग जोडिएका कैलाली कञ्चनपुरमा लागु औषधको ओसारपसार, कारोबार, एव सेवन जस्ता गैर कानुनी गतिबिधी समेत तिव्र भईरहेका छन ।
लागु औषधका कारण युवा पुस्ता कुलतमा फस्दै सिङ्गो समाज नै दलदलमा फसिरहेका बेला कैलाली कञ्चनपुर प्रहरीले लागु औषध निर्मुल पार्नका लागि गरेको कार्बाही सरानिय भएको चौतर्फि प्रसंसा भईरहेको छ । यतिसम्मकी लागु औषध तस्करीमा संलग्न एक बहालबाला प्रहरी नै कञ्चनपुर प्रहरीको फन्दामा परेको छ । प्रहरी कर्मचारीको आँचरण मात्रै नभई फौजदारी प्रकृतिको कसुर जस्तै गतिबिधीमा संलग्न एक प्रहरी जवान लागु औषध सहित पक्राउ गरेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले शनिबार बेलौरी नगरपालिका १० भुडासीमावर्ती गाँउबाट पक्राउ गरेका मध्ये एक जना प्रहरी जवान भएको पुष्टी गरेका छन । प्रवक्ता डाँगीका अनुसार ईप्रका बेलडाँडी र भुडा प्रहरी चौकीबाट खटिएको प्रहरी संयुक्त टोलीले सुपप्र ०४००१प०१०६ नम्बरको मोटरसाईकलमा सवार दुई जना युवकलाई चेकजाँज गर्ने क्रममा १९.९ सय मिनिग्राम खैरो हिरोईन सहित बरामद गरिएको छ । बझाङ्ग तल्कोट गापा १का झलक बहादुर द्वाल र बझाङ्ग मष्ठा गापा २का राज कुमार रोकायालाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त लागु औषध खैरो हिरोईन भेटिएपछि पक्राउ गरेको थियो । पक्राउ परेका दुवै मध्ये द्वाल नेपाल प्रहरीका जवान भएको खुलेको र उनी डोटी जिल्लामा कार्यरत रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
यसरी लागु औषध ओसारपोसारमा प्रहरी नै संलग्न भएपछि समाजिक रुपमा चिन्ता व्यक्त गरिएको छ । तर, कञ्चनपुर प्रहरीले प्रहरी जवान सहित पक्राउ गरेका अर्का व्यक्तिमाथि उक्त लागु औषध बरामद गरिएको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ । पक्राउ परेका ति प्रहरी जवान र अर्का व्यक्तिले उक्त लागु औषध नेपालबाट भारत वा भारतबाट नेपालमा ल्याउन लागेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाईको छ । कैलाली प्रहरीले लागु औषधको मुद्दामा थुनामा रहेका युवक(छोरा)लाई लागु औषध बोकेर भेटकी गएकी महिला पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी खगेन्द साउदले आइतबार धनगढी नगरपालिका ३ मिलनचोकी ५० बर्षिया कमलादेवी अवस्थीलाई भेट्ने आउँदा पक्राउ परेको बताए । सुचना अधिकारी साउदका अनुसार लागु औषधमा कैद भुक्तान गरिरहेका ओमप्रकास अवस्थीलाई भेट्न गएकी उनकी आमा कमला देवी अवस्थीलाई भेट्न जाँदा बिस्कुट भित्र लुकाई राखेको ५.४०मिलिग्राम लागु औषध खैरोहिरोईन बरामद गरेको छ । अवस्थीकी श्रीमती लागु औषधमै प्रहरी हिरासतमा रहेकी छिन । कैलाली प्रहरी सुचना अधिकारी साउदले दैनिक सरदर २/३जना लागु औषधको कारोबारमा पक्राउ गर्दै आएको बताए । उनका अनुसार प्रहरीकै कर्मचारीदेखि विभिन्न धनाड्य व्यक्तिहरु लागु औषधमा पक्राउ गरेर कार्बाही चलाईएको छ । लागु औषध बिरुद्धमा कैलाली–कञ्चनपुरको सकृयताको चौतर्फि प्रसंसा भईरहेको र लागु औषध निर्मुलका कामकाज निरन्तर गर्नुपर्नेमा सुझाव दिएका छन ।






