सार्क एजुकेसन फाउन्डेसनले दोधारा चादनीका विद्यार्थीकोहरुको लागी बस सञ्चालन गर्ने


कञ्चनपुर : कञ्चनपुरमा रहेको सार्क एजुकेसन फाउन्डेसनले दोधारा चाँदनीका विद्यर्थीकोहरुको लागी बस सञ्चालन गर्ने भएको छ । महाकाली पारीको गाँउको रुपमा रहेको यस नगरपालिकाबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुले जिल्ला सदरमुकाम सम्म आएर कोठाभाडामा लिई पठन पाठन गर्न कठिनाई भएको हुदा उक्त समस्यालाई मध्यनजर गर्दै महेन्द्रनगरमा रहेको सार्क एजुकेसन फाउन्डेसनले नयाँ शैक्षिक शत्र देखि महेन्द्रनग बाट दोधारा चाँदनी नगरपालिका सम्म बस सञ्चालन गर्न लागेको हो । कक्षा १ मा विज्ञान र व्यवस्थापन सङ्कायमा नयाँ आयामका साथ भर्ना खोलेको यस सार्क एजुकेसन फाउन्डेसनले आर्थिक अवस्था कमजोर भएका स्थानीयका वालवालिकाले पनी गुणस्तरिय शिक्षा पाउन सकुन भन्ने उद्देश्यले बस सञ्चालन गर्न लागेको सार्क एजुकेसन फाउन्डेसनका कार्यक्रम संयोजक राजेश भण्डारीले वताउनु भयो ।

यस पालिकाका विद्यार्थीहरुले महङ्गो भाडा तिरेर भाडामा बस्नु पर्र्नेे, हस्टिलमा बस्नुपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै यसै शैक्षिक सत्रदेखि बस सञ्चालन गर्न लागेको समेत उहाले वताउनु भयो । उनले सार्क एजुकेसन फाउन्डेसनले एक्काइसौँ शताब्दी अनुसार जीवनोपयोगी,खोजमुलक तथा नैतिक मुल्यमा आधारित शिक्षा प्रदान गर्ने ,डक क्यामरा, स्मार्ट बोर्ड जस्ता अत्याधुनिक शैक्षिक सामाग्रीको पूर्ण प्रयोग गर्दै प्राविधिक सिकाइमा जोड दिने, दक्ष जनशक्ति तथा अतिथि व्याख्याताद्वारा शिक्षण गराइने, आधुनिक सुविधा सम्पन्न विद्यार्थीद्वारा निर्मित विषयगत प्रयोगशाला रहेको जानकारी गराउनुभयो । शुक्रवार दोधारा चाँदनी नगरपालिका स्थीत भानु बहुमुखि क्याम्पसकको प्राङ्खणमा त्यस क्षेत्रका बुद्धिजीवी, पत्रकार, शिक्षाप्रेमी, प्रधानाध्यापकज्यूहरू, शिक्षक, अभिभावक र विद्यार्थीहरू संग वृहत शैक्षिक कायृक्रम आयोजना गर्दै सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कायृकारी अधिकृत लक्षमण वस्नेतले अबको समय शैक्षिक क्रान्तिको समय रहेको र शिक्षण सिकाइमा प्रत्यक्ष रुपमा सिकारु नै सक्रिय हुँदै चार लेवल बाट शिक्षण गराइने सार्कको नौलो शिक्षण बिधीमा जोड दिनुभयो ।

सिकाइलाई प्रभावकारी बनाउन कक्षाकोठा भन्दा बाहिर पनि शिक्षण गर्नुपर्ने, प्रस्तुतीकरण, कार्यपत्र, लगबुक निर्माण तथा चक्रीय परीक्षण गराउनु पर्ने , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण, गोष्ठी तथा सेमिनार गर्नुपर्ने र सार्क एजुकेसन यी विषयमा अभ्यस्त भएको बताउनु भयो । दोधारा चाँदनीको शैक्षिक उन्नयनका लागि फाउन्डेसनले कार्यक्रम आयोजना गरेको र यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरूको सहजताका लागि बस सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । अबको समय शैक्षिक क्रान्तिको समय रहेको र शिक्षण सिकाइमा प्रत्यक्ष रुपमा सिकारु नै सक्रिय हुँदै चार लेवल बाट शिक्षण गराइने सार्कको नौलो शिक्षण बिधीमा जोड दिनुभयो । सिकाइलाई प्रभावकारी बनाउन कक्षाकोठा भन्दा बाहिर पनि शिक्षण गर्नुपर्ने , प्रस्तुतीकरण, कार्यपत्र लगबुक निर्माण तथा चक्रीय परीक्षण गराउनु पर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण, गोष्ठी तथा सेमिनार गर्नुपर्ने र सार्क एजुकेसन यी विषयमा अभ्यस्त भएको पुष्टि गर्नुभयो । दोधारा चाँदनीको शैक्षिक उन्नयनका लागि फाउन्डेसनले कार्यक्रम आयोजना गरेको र यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरूको सहजताका लागि बस सञ्चालनमा ल््याउने जानकारी दिनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img