कुपोषण वाट बाँच्न पोषण कार्यक्रम


भोजराज पन्त / कञ्चनपुर : वेदकोट नगरपालिकाको कार्यालयले हजार दिनका आमाहरुलाई सामुदायक स्थरमा पोषिलो खानाको प्रवद्र्धन कार्यक्रम वुधवार देखी सञ्चान गरेको छ ।
वेदकोट नगरपालिका वडा नम्वर १० मा रहेका गर्भवती महिला र २ वर्ष मुनिका बालवालीहरुलाई लक्षित गरी वेदकोट नगरपालिका अन्तरगत रहेको हरपाल आधारभुत स्वास्थ्य सेवा केन्द्रले हजार दिनका आमाहरुलाई सामुदायक स्थरमा पोषिलो खानाको प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेकोे हरपाल आधारभुत स्वास्थ्य सेवा केन्दका प्रमुख लोकराज वोहराले जानकारी दिनु भयो ।


गर्भवती आमा र २ वर्ष मुनिका वालवालीहरुको स्वस्थ्यमा सुधार र कुपोषण वाट जोगाउन यस कार्यक्रमको उद्देश्य रहेको सेवा केन्द्रका प्रमुख वोहराले जानकारी गराए । कार्यक्रममा हरियो साग, अण्डा, घ्यूउ, दाल र चामल को मिश्रण वाट गर्भवती आमाहरुलाइ भेला गराई गर्भवती आमाहरुलाइ २ वर्ष मुनीका वालवालीकाहरुको लागी पोशण युक्त खाध्य जाउलो वनाउने तरिका वताइएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img