कञ्चनपुर : गैर सरकारी विभिन्न समाजिक संघ सस्थाको आन्तरिक सुशासन र पारदर्शीता विषयमा छलफल गरिएको छ । सञ्जिवनी नेपालले टेवा संस्थाको सहयोगमा आइतबार महेन्द्रनगरमा आन्तरिक सुशासन र पारदर्शीता विषयमा छलफल गरेको हो । सञ्जिवनी नेपालका कार्यक्रम निर्देशक नितु भट्टले संस्थामा नीति, नियम र आवश्यकता सम्बन्धी सरोकारवाला तथा कार्य समितिसंग छलफल गरेर आन्तरिक सुशासन र पारदर्शीता विषयमा स्पष्ट पारेकी छिन ।

सञ्जिवनी नेपालका कार्यक्रम निर्देशक भट्टले समाजिक क्षेत्रमा कार्यरत संघ संस्थाहरुले संस्थागत विकासका लागि समेत पारदर्शीता हुनुपर्नेमा जोडदिएकी छिन । ‘हामी समाजिक संघ संस्था र कार्यरत कर्मचारी, पदाधिकारी पारदर्शी हुनुपर्छ, ‘उनले भनिन, ‘आन्तरिक सुशासनबाट बाह्यी रुपमा स्तरिय सेवा सुविधा प्रवाह गर्न सकिन्छ ।’ सञ्जिवनी नेपालले विभिन्न दातृ निकाय संगको कार्यक्रम वा आफैले पनि महिला बालबालिकाको हक अधिकारका लागि पैरवी वकालत गरिरहेको बताउँदै उनले लैङिक हिन्सामा परेका किशोरी, महिला, घरेलु हिन्सा सहित विभिन्न हिन्सामा परेका महिलाको उद्दार एव अधिकारका लागि वकालत गरेको बताईन । शिक्षा, स्वास्थ्य, कृषि, विपद् आय आर्जन जस्ता क्षेत्र र भविष्यमा खाद्य सुरक्ष र विपद् क्षेत्रमा समेत कामगर्ने बताईन । कार्यक्तममा सहभागि सरोकारवाला संघ संस्थाका पदाधिकारीले समेत गैसस पारदर्शी हुनुपर्नेमा जोडदिएका छन ।







