कञ्चनपुर जिल्लामा नवौं अन्तराष्ट्रिय योग दिवस मनाईने


कञ्चनपुर : पतंञ्जलि योग समिति कञ्चनपुरले पतंञ्जलि नेपालका युवा प्रभारी साध्वी पुज्या देवविजयाको प्रमुख आतिथ्यतामा जिल्लामा नवौं अन्तराष्ट्रिय योग दिवस मनाउनका लागि वृहत बैठकको आयोजना गरिएको छ । कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीको सभापतित्व तथा पतंञ्जलिकाका केन्द्रिय सदस्य लब राज भट्टको विशिष्ट आतिथ्यमा जिल्ला नगर समितिका पदाधिकारी, सदस्य तथा योग प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

जुन २३ तथा अषाढ ६ गतेका दिन आयोजना हुने अन्र्तराष्ट्रिय योग दिवस नवौ रहेको र यसलाई पतंञ्जली कञ्चपुरले जिल्ला सदरमुकाम लगायत हरेका स्थानिय तहमा योग जागरणका लागि योग शिविर आयोजना गर्ने भएको छ । पतंञ्जली योग समिति कञ्चनपुरको आयोजना तथा अञ्चल आर्युवेद औषधालयको सह आयोजनामा अषाढ ६ गतेका दिन भानु पार्टि पैलेसमा जिल्लाका उच्च पदस्थ जनप्रतिनिधि, राष्ट्रय सेवक, संघ संगठनका प्रतिनिधि, उद्यमी व्यवसायी, प्राध्यापक, शिक्षक, विद्यालयका बालबालिका लगायत पतंञ्जलिका योग प्रशिक्षकहरुको उल्लेख्य ससहभागिता रहने कुरा मिडिया प्रभारी प्रेम सिंह भाटले बताउनु भएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img