कञ्चनपुर– जिल्लाकाे भिमदत्त नगरपालिका-१८ का वडा अध्यक्ष रबिन्द्र प्रसाद देवकाेटा वडाका हरेक विकासी काममा श्रम गर्न जनता संग आफै फिल्डमा जाने गरेका छन् । स्थानिय तहकाे निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका वडा अध्यक्ष देवकाेटा वडाका हरेक खालका विकास निर्माणका सवालमा गर्नु पर्न काम देखिन आफै श्रम गर्न समेत पछि पर्दैनन् । अहिले आर्थिक बर्षकाे अन्ततिर धेरै जसाे काम चाडाे सक्नु पर्ने तर स्रोत साधनकाे उत्तिकै हुने अभावले गर्दा कार्य समयमै नसकिने समस्या हुन नदिन वडाका सबै गाँँउ गाँउमा पुगेर विकासि काममा आफ्नो श्रम संगै सकृयतामा समेत जाेड दिदै आएकाे वडा अध्यक्ष देवकाेटाले बताउनु भयाे ।

उनले भने “मलाई जनताले विश्वास गरेर निर्वाचित गरेका हुन, मैले पनि जनताकाे काममा विश्वास जित्न सकेमात्र मेरा सफलता हाे,´त्यसैले पनि म रात दिन नभनि नि:स्वार्थ भावनाले काम गर्ने गरेकाे छु ।” शुक्रबार वडा अध्यक्ष देवकाेटा गारैयामा नयाँ निर्माण भएकाे पुलकाे आवत जावत गर्ने ठाउँमा ग्राईभेल हाल्न एक्लै जुटे संगै त्यहा स्थानिय पनि उहाँले गरेकाे काममा घर-घरबाट निस्केर उनी संग काम गर्न जुटेका थिए । सडकमा पुल त बन्याे तर वरपर ग्राईभेल नहुदा आवत जावतमा समस्या भएकाले वडा अध्यक्षलाई अनुराेध गर्याे अध्यक्ष आफै आएर काम गर्न थाले अनि हामी स्थानिय पनि उहाँ संगै काममा जसटेका हाै, भिमदत्त-१८ गाेबरैयाका स्थानिय अरूण भट्टले बताउनु भयाे ।

यसरी निर्वाचित जनप्रतिनिधि सबैले यसैगरी जनताकाे काममा आफुलाई समय संग परिमार्जित गर्न सकेमात्र जनताकाे नेता बन्न सकिने र फेरि पनि जनताले मुल्यांकन गर्ने बाटाे रहन्छ । यानेकि काम नगर्ने गफ मात्र गर्न प्रवृतले हामी पछि परेका हाै, यसै गरि सबैले जनताकाे कामा चासाे देखाए विकास गर्न समयनै लाग्दैन स्थानियहरूकाे भनाई छ ।







