कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुर सहित देशभर पार्टी स्थापना दिवसको अबसरमा बृक्षारोपण गरेको छ । प्रथम पाटी स्थापना दिवसमा राष्ट्रिय स्वतन्त्र पाटीले कञ्चनपुरमा समेत बृक्षारोपण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पाटी सुदूरपश्चिम प्रदेशका इन्चार्ज ज्ञानेन्द्र सिह महताले पाटी स्थापना दिवसमा सुप प्रदेशका सबै जिल्ला र पालिकामा बृक्षारोपण गरिएको बताए । प्रदेश इन्चार्ज महताका अनुसार पाटी स्थापना दिवसमा विवित समाजिक कार्य गरेर दिवस मनाईदैछ ।

राष्ट्रिय स्वतन्त्र पाटी भीमदत्त नगर समितिले समेत भीमदत्त ४ महेन्द्रनगर शिव मन्दिर क्षेत्रमा बृक्षारोपण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पाटी भीमदत्त नगर समितिका कोषाध्यक्ष यज्ञराज जोशीले विभिन्न प्रजातिका सय बिरुवा रोकिएको बताए । उनका अनुसार नगर तथा क्षेत्रीय निर्वाचन समितिको आयोजामा बृक्षारोपण गरिएको छ । रास्वपाले पाटी स्थापना दिवसमा पहिलो दिन बृक्षारोपण, दोस्रो दिन वडा भेला, तेस्रो दिन विद्यालय, अस्पतालमा सरसफाई चौथो दिन रक्तदान देखिका पाँच, छैटौँ दिनमा विवित कार्यक्रम गरेर दिवस मनाईनेछ ।







