काँग्रेस कञ्चनपुरका नेता धामी राष्ट्रिय स्वतन्त्र पाटीमा प्रवेस


कञ्चनपुर: नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक धामी राष्ट्रिय स्वतन्त्र पाटीमा प्रवेस गरेका छन । झण्डै साढे तीन दशक अघिदेखि काँग्रेसमा आबद्ध युवा नेता धामीले राष्ट्रिय स्वतन्त्र पाटीमा प्रवेस गरेका हुन । केही दिन अघि पाटी परित्याग गरेको घोषणा गरेका धामीले औपचारिक रुपमा रास्वपा प्रवेस गरेका छन ।

राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष रवि लामिछानेले धामीलाई स्वागत गरेका छन । काँग्रेस १४ औँ महाधिवेशन कञ्चनपुर क्षेत्र नम्बर १ बाट धामी महाधिवेशन प्रतिनिधी निर्वाचित भएका थिए । काँग्रेस नेता धामीले रास्वपा प्रवेस गरेसंगै थप उनी निकट नेता कार्यकर्ताले समेत पाटी परित्याग गर्दै रास्वपामा प्रवेस गर्ने जनाईएको छ । काँग्रेसमा जातियता, क्षेत्रीयता, आर्थिकदेखि विभिन्न पक्षबाट कार्यकर्ताको मुल्याङ्गकन हुने भएपछि जनक धामी जस्ता सच्चा काँग्रेसी पाखा लाग्ने भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img