कञ्चनपुर : नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग एकताका लागि पहल गर्ने भएको छ । समाजवादीले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरेको छ । हालै काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको छ । ‘माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने,’ बैठकले निर्णय गरेको छ ।

पार्टी एकताअघि एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मेर्चा बनाउँदै एकताको पहल अघि बढाउने समाजवादीको निर्णय छ । समाजवादी केन्द्र निर्माणका लागि समाजवादकेन्द्रित कार्यक्रमसहित माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुत गर्ने प्रस्तावको औपचारिक जवाफ आएपछि पार्टीले थप निर्णय गर्ने समाजवादीले जनाएको छ । केन्द्रीय समितिले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले अध्यक्ष र सहअध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव व्यापक छलफल गरी एकमतले पारित गरेको छ । यसका साथै नेकपा विप्लव नेतृत्वको नेकपाले समेत माओवादी सहितका समाजवादी मोर्चासग पाटी एकता गर्ने जनाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमसंगै माओवादी धारबाटै अलगिएका दल सहित एकताको पक्षमा देखिएका छन ।







