कैलाली काँग्रेसले उपसभापति भीम बडुवाललाई स्पष्टीकरण सोध्ने

कैलाली: नेपाली काँग्रेस कैलालीले जिल्ला उपसभापति भीम बडुवाललाई स्पष्टीकरण सोध्ने भएको छ।नेपाली काँग्रेस कैलालीको १२औँ जिल्ला समितिको बैठकले बढुवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ सहजपुरमा शुक्रवार बसेको पार्टीको जिल्ला बैठकमा सम्मेलनको समिक्षाको एजेण्डमा कुरा उठेपछि जिल्ला समितिको उक्त निर्णय गरेको हो। जिल्ला सम्मेलन अघि लम्कीमा सम्पादन समितिले बैठकले एजेण्डा पारित गरेको थियो। बैठकमा सहभागिहरुले उपसभापति बडवाललाई जवाफ मग्न दवाब दिएका थिए। बैठकमा भने उपसभापति बडवाल उपस्थिती थिएनन्।

सोही विषयमा बडुवाललाई स्पष्टीकरण सोधिने कैलाली काँग्रेसका सभापति नारायणदत्त भट्टले बताए। बैठकले कैलालीमा आगामी असार ९ गते देखी १५ गतेसम्म सप्ताहव्यापी धान दिवस सबै क्षत्रिय समितिले मनाउने निर्णय गरेको छ। १५ गते भने किसान महासंघको संयोजनमा नेपाली काँग्रेस कैलालीले जिल्ला स्तरमा धान दिवसको निर्णय गरेको छ। त्यसै गरी असार महिना भित्र वडा स्तरमा कृयाशिल सदस्यता नविकरण, पालिकाले वडाले सिफारीस गरेको दुई हप्ता भित्र, प्रदेश सभा र क्षेत्रिय कार्यसमितिले पालिकाले सिफारीस गरेको दुई हप्ता भित्र जिल्ला समितिलाई पठाई एक महिना भित्र जिल्ला समितिले गरि सक्ने निर्णय भएको नेपाली काँग्रेस कैलालीका सचिव केशब मिश्रले जानकारी दिए।

पार्टीको जिल्लामा रहेका भातृ तथा सुभेच्छुक संगठनको हरेका तीन महिनामा प्रगति रिपोर्टी माग्ने र चलायमान बनाउने कार्यक्रम अघाडी बढाउने समेत निर्णय गरेको छ। बैठक नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टको अध्यक्षतामा बसेको थियो।

ताजा समाचार

This will close in 10 seconds