नदीको तटिय क्षेत्रको बाढीमा आधारित पालिका स्तरिय कृत्रिम घटना नमुना अभ्यास

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगरमा जोगबुडा नदीको तटिय क्षेत्रको बाढीमा आधारित पालिका स्तरिय कृत्रिम घटना नमुना अभ्यास गरिएको छ । वर्षातमा बाढीबाट कसरी धनजनको सुरक्षा गर्ने भन्ने उदेश्यले स्थानियहरुको सहभागितामा कृत्रिम नमुना अभ्यास गरिएको हो । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका सुन्दरनगर, कुतिया कबर, बैजीफाँटा,ढकना घाट, रामपुरी टापु पटराखल्ला र शान्ती टोल आसपास क्षेत्रमा वर्षेनी जोगबुडा नदीमा आएको बाढीले तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको डुवानमा परि धनको ठुलो मात्रामा क्षती गर्दै आएको छ । वर्षेनी बाढीका कारण उक्त बस्तीहरुका स्थानियहरु पलाएन हुदै आएका छन् । उक्त क्षेत्रलाई लक्षित गर्दै बाढी आएको समयमा कसरी धनजनको सुरक्षा गर्ने भन्ने बिषयलाई मध्यनजर गरी सामुदायीक विपद व्यवस्थापन समिति संगै समुदायमा कृत्रिम नमुना अभ्यास गरिएको छ ।

बाढीको समयमा पूर्व सुचना प्रणाली,खोज तथा उद्धार र प्राथमिक उपचार कसरी प्रयोग गर्ने भन्ने बिषय बारे कृत्रिम नमुना अभ्यास गरिएको छ । बिगतका दिनहरुमा विपद आउँदा पहिलो दायित्व समुदायको भएकाले विपदलाई सामना गर्न गरिएको अभ्यास हो । यस अभ्यासले समुदायलाई परिपक्क र क्षमतावान बनाउन मद्दत पुग्ने विश्वास छ । वर्षात बेला बाढीबाट धनजनको सुरक्षा र विपद न्यूनिकरण तथा समुदायसंग भएको क्षमतालाई परिक्षण गर्दा बाढी आएको समयमा प्रभावकारी बनाउन कृत्रिम नमुना अभ्यासले सहयोग गर्नुका साथै नगरपालीकाले समेत विभिन्न सयन्त्र बनाएर काम अगाडी बढाएको दोधाराचाँदनी नगरपालिका वडा न. ८ का अध्यक्ष ओम प्रकाश रोकायाको भनाई रहेको छ । जोगबुडा नदीको तटिय क्षेत्रको बाढीमा आधारित पालिका स्तरिय कृत्रिम घटना नमुना अभ्यास दोधारा चाँदनी नगरपालिकाको आयोजनामा निड्स नेपाल कञ्चनपुरको एफआरएमसी र इस्कोप आरथ्रि परियोजना र एनएनएसडब्लुएले सहजिकरण गरिएको हो ।

ताजा समाचार