दोधारा : दोधारा चाँदनी नगरपालिकाले ५ दिने अचार बनाउन तालिमको आज देखि सन्चालन गरेको छ। गृहणी महिलाहरुको लागि अचार बनाउने तालिमको समुदघाटन गदै दोधरा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले महिलाहरु घरायसि काममा मात्र सिमित हुने भएकाले महिलाको जिविकोपार्जनको लागि तालिम संचालन गरेको बताएका छन।
दोधारा चाँदनी नगरपालिकाका नगर उप प्रमुख गंगा देवी जोशिले महिलाहरु पछाडि पारिएका हुनाले, चुलोचौकामा मात्र काम गर्नु मनसाय गृहणी महिलामा हने भएकाले विभिन्न सिपमुलक सीप सिकाउन उत्प्रेरित गर्नुका साथै यसभन्दा अघि केही सिपमुलक तालिम दिएको र ५ दिने अचार बनाउने तालिम दिन लागेको जोशिले बताइन।
नगरपालिकाको आयोजनामा सञ्चालन हुन गईरहेको तालिममा बोल्दै दोधरा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्राले १०० भन्दा बढि महिलाहरुलाई तालिममा सहभागी हुने र तालिम दोधारा चाँदनी गरि दुई ग्रुपमा दिईने प्रमुख प्रशासकीय अधिकृत मिश्राले बताएा