आइतबार सुदूरपश्चिम बन्दको घोषणा

कञ्चनपुर : आइतबार सुदूरपश्चिमभरि आम हडताल गर्ने कार्यक्रमको घोषणा गरिएको छ । कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आउने आईतवार सुदूरपश्चिम बन्द गर्ने निर्णय गरेका हो । शुक्रवार एक सुचना जारी गर्दै समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आम हडतालको घोषणा गरिउको बताएका छन् । उनले आइतबार बिहान आठदेखि साँझ छ बजेसम्म प्रदेशका सम्पुर्ण कार्यालयहरु, शैक्षिक, वित्तीयलगायतका संघसंस्था तथा कलकारखाना, व्यापार र यातायात बन्द गरिदिन आग्रह गरेका छन् ।
आम हडतालको सम्बन्धमा शुक्रबार समितिले धनगढीमा उद्योग, व्यापार र यातायात क्षेत्रका प्रतिनिधिसँग अन्तक्र्रिया गरेको छ । गेटामा मेडिकल विश्वविद्यालयको माग गर्दै संघर्ष समितिको नेतृत्वमा विगत १० दिनदेखि आन्दोलन भइरहेको छ । संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय श्ययामा सञ्चालन गर्न माग गर्दै कैलालीमा प्रशर्दन जारी छ । उनीहरुले जेठ १५ गते संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि बिरोधमा गर्दै आएका हुन् । गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालको माग गर्दै संघर्ष समितिको नेतृत्वमा विगत १० दिनदेखि आन्दोलन भइरहेको छ । बिहीवार अत्तरिया बजार बन्द गरेको थियो । बिहिवार साझ नाराबाजीसहित गेटाको मूल गेटमा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको ब्यानर पनि राखेको छ ।

ताजा समाचार