विद्यालय कर्मचारीद्वारा पुनर्वास नगरपालिकामा धर्ना निरन्तर

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका कर्मचारीले समेत आन्दोलन गरेका छन ।
संघीय सरकारले आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि ल्याएको बजेटमा विद्यालय कर्मचारी नसमेटिएको भन्दै एक सातादेखि पुनर्वास नगरपालिकामा विद्यालय कर्मचारीले धर्ना दिएका थिए ।
नेपाल विद्यालय कर्मचारी परिष्द नेपाल पुनर्वासका सचिव देवराज गिरीले केन्द्रीय कार्यक्तम अनुरुप पुनर्वासमा समेत विद्यालय कर्मचारीका हक हित अधिकारका लागि आन्दोलन जारी रहेको बताए । ‘हामीले पालिकामा निरन्तर आन्दोलन गरेका छौँ, ‘सरकारले विद्यालय कर्मचारीको मागप्रति वेवास्ता राख्दा बाध्य भएर आन्दोलनमा उत्रिएका छौँ ।’ नेपाल विद्यालय कर्मचारी परिष्द नेपाल पुनर्वासका अध्यक्ष ईन्द्र बहादुर पुजारा सहितका कर्मचारीले निरन्तर आन्दोलन गर्दै आएका छन ।

ताजा समाचार

This will close in 10 seconds