गर्मी बढेपछि बेलौरीका विद्यालय विदा

कञ्चनपुर : तराईमा गर्मी बढ्दै गएपछि कञ्चनपुरको बेलौरी नगरपालिकाले विदा दिएको छ । बेलौरी नगरपालिकाले गर्मी बढेपछि स–साना बालबालिकामा असर परेको भन्दै सार्वजनिक विदा दिएको हो ।

चर्को गर्मीका कारण विद्यार्थी शिक्षकको स्वास्थ्यमा ग्रतिकुल असर पर्ने भएकाले २६ जेठदेखि ३०गतेसम्म नगरपालिका क्षेत्रमा सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने जनाएको छ । बेलौरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारादत्त जोशीद्वारा हस्ताक्षरित गरिएको सुचना बर्खे विदाबाट मिलान गर्ने गरी पाँच दिन गर्मी विदा दिईएको जनाईएको छ ।

अहिले कञ्चनपुरमा ४० देखि ४२ डिग्रीसेल्सिएस तापक्रम रहेको छ । बेलौरी नगरपालिकाले गर्मी विदा दिएसंगै अन्य पालिकाले समेत बर्खे विदामा मिलान गर्ने गरी विदा दिनुपर्ने शिक्षक, अभिभावक, विद्यार्थीले माग अघि सारेका छन ।

ताजा समाचार

This will close in 10 seconds