कञ्चनपुरमा सुरक्षित गर्भपतन गर्नेको सङ्ख्या घट्दै

कञ्चनपुर : कञ्चनपुर जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या घट्दै गइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कले जनाएको छ। विगत दुई वर्षको तथ्याङ्क हेर्दा सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको पाइएको हो। तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ हजार २ सय १ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तथ्याङ्कका अनुसार सुरक्षित गर्भपतन गराउनेमध्ये २० वर्षमुनिका औषधि सेवन गरेर ५७ जना,सल्यक्रिया गरेर ६ जनाले गर्भपतन गराएका छन् भने, २० वर्ष भन्दा माथिका गर्भपतन गराउनेको संख्या औषधि सेवन गरेर १ हजार ९ सय २२ जना सल्यक्रिया गरेर २ सय १६ जनाले गर्भपतन गराएका छन् ।

त्यसै गरी २०७९/०८० मा २ हजार ५२, जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन्। सेवा लिने सेवाग्राही मध्ये सुरक्षित गर्भपतन गराउनेमध्ये २० वर्षमुनिका औषधि सेवन गरेर ६८ जना,सल्यक्रिया गरेर ३ जना, २० वर्ष भन्दा माथिका गर्भपतन गराउनेको संख्या औषधि सेवन गरेर १ हजार हजार ७ सय ९८ जना सल्यक्रिया गरेर १ सय ८३ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख दया पन्तले जानकारी दिएका छन् ।

परिवार नियोजन सेवाको सहज उपलब्धता र यसको प्रयोग बढ्दै गएको छ । गोपनियतालाई मध्यनजर गर्दै सेवाग्राहीले मेडिकलबाट औषधि किनेर पनि गर्भपतन गराएका कारण गर्भपतन गराउने महिलाको सङ्ख्या घट्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख पन्तले बताए। प्रमुख पन्तका अनुसार, “जिल्लाको नौं वटै स्थानीय निकायमा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ। जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन सेवाग्राहीलाई उनले अनुरोध गरेका छन् । “

ताजा समाचार

This will close in 10 seconds