कञ्चनपुरका महेश नेपाली मृत्यु प्रकरणमा प्रहरीको ढाकछोप गर्न खोजेको परिवारको आरोप

अम्बा तिवारी/कञ्चनपुर : कञ्चनपुरका महेश नेपाली जेठ १८ गते कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारमा कुटपिट हुँदा मारिएका थिए । नेपालीको मृत्यु प्रकरणमा प्रहरीको भूमिका शंकास्पद देखिएको छ । यस दैनिकलाई प्राप्त भिडियो फुटेजबाट प्रहरीले सूचना लुकाएको र घटनालाई ढाकछोप गर्न लागेको देखिन्छ । उक्त फुटेजमा नेपालीले प्रहरीसँग आफू महेन्द्रनगरको वासिन्दा भएको र महेन्द्रनगरका कुनै पनि हार्डवेयर ब्यापारीलाई महेश पेन्टर भन्यो भने आफूलाई चिन्ने बताएका छन ।

उक्त भिडियोमा एक जना प्रहरीले आफूले महेन्द्रनगरमा महेशका मान्छेलाई सम्पर्क गर्ने मोबाइल नम्बर पनि पाइसकेको बताउँछन । प्रहरीले हथडी लगाएर नियन्त्रणमा लिएका नेपालीको शरिर रगताम्य देखिएको भए पनि उनी होस मै देखिएका छन । महेशको मृत्यु भइसकेपछि प्रहरीले महेशका परिवारजनलाई इलाका प्रहरी कार्यालय सुखड ल््याउँदा बेहोस रहेको बताएको थियो । सुखड इलाका प्रहरी कार्यालयका डिएसपी बीरेन्द्र विकले – बोल्नै नसक्ने अवस्थामा रहको बताएको नेपालीका परिवारजनले बताए । बोल्न सक्ने अवस्थाका महेशको टाउकोमा चोट लागेको थियो । भिडियो फुटेजमैं चोट लागेको एकजना प्रहरीले पनि बोलेका छन । प्रहरीले घाईते नेपालीलाई हतकडी लगाएको भिडियो फुटेजमा देखिएको छ । रगताम्य र घाइते अवस्थाका नेपालीलाई अस्पताल नलगी प्रहरीले सुखड स्थित सहारा घरमा लगेको नेपालीका परिवारले बताए ।

नेपालीका परिवारजनले प्रहरीले घटनाप्रति चासो नदेखाएर घटना लुकाउने प्रयास गरेको आरोप लगाएका छन । कुटपिटबाट घाइते भएका नेपालीको १८ गते सहारा घरमैं मृत्यु भएको थियो । उनको शवको शरीरभरि ठूला–ठूला चोट भएपनि पोष्टमार्टम गरेको छैन।

ताजा समाचार

This will close in 10 seconds