तिन दिने महिला नेतृत्व विकास तालिम सम्पन्न

कञ्चनपुर : महिला सशक्तिकरण नेपालको आयोजनामा तिन दिने महिला नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
विभिन्न संघ संस्थाका नेतृत्व महिला तथा भीमदत्तनगरपालिकाका निर्वाचित जनप्रतिनिधि महिला सदस्यहरुलाई महिलाहरुको नेतृत्व विकास गर्नको लागि तिन दिने तालिम सञ्चालन भएको थियो ।

महिला सशक्तिकरण नेपालकी अध्यक्ष रश्मीला प्रजापतिको अध्यक्षतामा प्रमुख अतिथी जिल्ला समन्वय समिति कञ्चनपुरकी उप–प्रमुख राम कुमारी राना रहनु भएको थियो, विशिष्ट अतिथीमा भीमदत्तनगरपालिकाकी उप–प्रमुख निलम लेखक जोशी, जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपरका अध्यक्ष विकास श्रेष्ठ रहनु भएको थियो । भने कार्यक्रममा प्रशिक्षक रश्मीला प्रजापति तथा कैलाश राईले दिनु भएको थियो ।

महिला सशक्तिकरण नेपालको आयोजनामा वुमनस फाउण्ड एशियाको संयोजकत्वमा महिला नेतृत्व विकास तालिम भएको थियो । जेष्ठ २२ गते बाट सञ्चालन भएको जेष्ठ २४ गते समापन भएको छ । जसमा २४ जना महिलाहरुको सहभागिता रहेको थियो ।

 

ताजा समाचार