बेदकोट बगुन–छेला खोला मापदण्ड विपरित उत्खननले सत्यानास

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका उत्तरी भेगमा रहेको बगुनछेला खोला मापदण्ड विपरित उत्खनन्ले तहसनहस भईरहेका छन । बेदकोट नगरपालिका ३ र ४ मा रहेका बगुन, छेला खोलामा मापदण्ड विपरित उत्खनन् कार्यले खोलाको रुप नै परिर्वतन भएको छ । उत्तरी चुरे भएर बग्ने प्राकृतिक नदी खोलाको अन्धाधुन्द उत्खनन्ले गर्दा खोला कुरुप मात्रै होईन मानविय बस्ती समेत विपद्को उच्च जोखिममा परेको छ ।
खोला दोहनले भूक्षयिकरण जोखिम बढाएर छेउछाउका बस्ती जोखिममा पारेको हो ।

बषौँदेखि मापदण्ड विपरित उन्ख्ननले खोलाको दायाँबायाँ निर्माण भएको तारजाली तटबन्ध समेत भत्किएको छ । प्राकृतिक नदीखोलाक कुरुप हुने गरी अन्दाधुन्द उत्खनन् कार्यले जोखिम बढाएको भन्दै स्थानीय बिरोधमा छन । बेदकोट नगरपालिका ३ भम्काका स्थानीय बीरभान ऐडीले मापदण्ड विपरित मात्रै नभई आँचाक्ली रुपमा दोहन गरिदा आफ्नो घरखेत जोखिममा परेको बताए । ‘हरेक बर्ष यो खोला मापदण्ड विपरित उत्ख्नन हुँदै आएको छ, ‘उनले भने, ‘सामुदायिक वन, मानविय बस्ती र तटबन्ध नजिकै क्षेत्रमा मेसिन नै प्रयोग गरेर उत्ख्नन हुँदा जोखिम बढायो ।’ आफ्नो घरखेत जोखिममा पु¥याउँदा समेत सम्बन्धीत निकायबाट मापदण्ड विपरितको उत्ख्नन कार्य नरोकिएको बताए ।

बेदकोट नगरपालिका ४ बैतडाका स्थानीय दिपेन्द्र प्रशाद भट्टले आज मात्रै नभई बेदकोट नगरपालिका क्षेत्रमा मापदण्ड विपरित उत्ख्नन कार्यले विपद जोखिम निम्त्याएको बताए । ‘हामीले स्थानीय सरकारलाई पटक पटक अनियन्त्रित खोलानदी दोहन रोक्न आग्रह गर्दै आएका छौँ, ‘उनले भने, ‘अहिलेसम्म कसैले हामी जनताको आवाज सुनेन, आज आएर ठेकेदार, ग्राभिल व्यवसायीले दुवै तर्फ भत्किने गरी उत्ख्नन गर्दै आएका छन ।’ स्थानीयले चरम बेथिति हुँदा समेत सरकारले नजर समेत नलगाएको दुखेसो पोखेका छन । बेदकोट नगरपालिका ३का वडाध्यक्ष मोहन गुधार्मीले यस अघि मापदण्ड विपरित उत्ख्नन कार्य रोकेको बताए । ‘मैले वडाबाट नियमित निगरानी अनुगमन गरेको छु, ‘उनले भने, ‘मापदण्ड विपरित उत्ख्नन हुँदा रोकेको छु, फेरी म यता आउँदा मापदण्ड विपरित उत्ख्नन गर्दै आएका छन ।’
यस अघि घुसुवा, बगुन नदीमा मापदण्ड विपरित उत्ख्नन गर्दा रोकेको बताउँदै वडाध्यक्ष गुधार्मीले छेलामा समेत तोकिएको मापदण्ड भन्दा विपरित भए रोक्ने बताए । वडाध्यक्ष गुधार्मीका अनुसार चालु आर्थिक बर्षमा बेदकोट नगरपालिकाले ९१ लाख, १७ हजार बराबर बजेटमा गणपति कस्ष्ट्रक्सन प्रालिसंग रोयल्टी सकलनका लागि सम्झौता गरेको बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले मापदण्ड विपरित उत्खनन्का कार्य रोकिने बताए ।

‘अब उत्ख्ननको एक साता मात्रै बाँकी रहेको छ, ‘उनले भने, ‘अझैपनि मापदण्ड विपरित उत्ख्नन हुनु दुखत विषय हुनजान्छ, यस हामी हामीले अनुगमन गर्दा बेदकोट नगरकै घुसुवा र बगुन खोलाको उत्ख्नन कार्य रोकेका छौँ, त्यहाँ पनि अनुगमन गछौँ ।’ बेदकोट नगरपालिकाको अनुरोधमा सम्झौता अनुरुप छेला खोलाबाट केही परिमाणमा ग्राभिल संकलन गर्नुपर्ने अनुरोध आएकाले उत्खनन् गर्न दिएको बताउँदै जिसस प्रमुख बोहराले मापदण्ड विपरित भए रोक्ने बताए । जिसस प्रमुख बोहराले आगामी बर्षदेखि उत्ख्नन कार्यको मोटालिटी परिर्वतन हुनुपर्ने बताएका छन । ‘पुरानै विधीबाट ठेक्का दिने, उत्खनन् गर्ने कार्यले अवधिभर किचली विवाद सृजना हुदै आएको छ, ‘उनले भने, ‘अब नदीजन्य पदार्थको उपभोगको विषयमा नयाँ योजना ल्याउनुपर्छ ।’

ताजा समाचार

This will close in 10 seconds