कञ्चनपुर: भीमदत्तनगरपालिका –१८ सालघाँरी, फुरफुरनगर भण्डारीटोलमा लमा रहेको एक घरमा आगलागी भएको छ । बिद्युत सट भएर कलावति सिहको घरमा आगलागी भएको हो । उक्त घरमा सिंह एक्लै बस्दै आएकी छन । विहान १०ः४५ मा लागेको आगो करिब एक घण्टापछि स्थानिय र वडा अध्यक्ष तथा वडा सदस्य, भीमदत्तनगरपालिका नगरप्रहरी, सुरक्षकर्मी, पत्रकार लगायतको सहयोगमा नियन्त्रणमा लिन सफल भएको थियो ।

मंगलबार विहान भीनपा–१८ को वडा कार्यालयमा हुन लागेको आ.व २०८०/०८१ को बजेट तर्जुमाका लागि योजना छनौट तथा सार्वजनिक सुनुवाइ कार्यक्रम भई रहदा सिंह पनि सहभागि हुन गएकी थिइन् । उक्त समयमा घरमा कोही नभएको बेला आगो लागेकोले मानविय क्षति भने हुन पाएन । २ कोठाको खरले छाएको कच्ची घर भित्र रहेका सबै समान नष्ट भएका छन् । आगलागीबाट खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, टेलिभिजन, खाट २ थान, लगायत नगद रु ९ हजार नष्ट भएको पिडित सिंहले बताएका छन ।

घरमा आगलागी भए पछि घरवार बिहिन भएकी कलावति सिहलाई भीनपा–१८ को वडा कार्यालयले वडा विपद ब्यवस्थापन कोषबाट राहात स्वरुप रु १५ हजार नगद दिने र उनको पुर्न व्यवस्थपानको लागि सबै संघ संगठन सँग पहल गर्ने वडा अध्यक्ष रविन्द्र देवकोटाले बताए ।







