बेलडाँडी : नेकपा एमाले बेलडाँडीले बेलडाँडी गाउँपालिका विभिन्न विषयमा जवाफ मागेको छ । आइतवार बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानालाई नेकपा एमाले बेलडाँडी गाउँ कमिटिले ज्ञापन पत्र बुझाउदै विभिन्न विषयमा जानकारी मागेका छन् । नेकपा एमालेका युवा नेता अभिमान थापा, अक्कल बहादुर बिष्टकाको नेतृत्वमा गएको टोलीले सूचना माग गर्दै सुझाव समेत दिएको नेता बिष्टले बताए । बिष्टका अनुसार पालिकाले जनउत्तरदायी भएर काम गर्नु पर्ने बताए । बेलडाँडी गाउँपालिकाले विभिन्न विषयमा ज्यादती गरेको भन्ने सुन्नमा आएकोले सूचना मागेको बेलडाँडी गाउँकमिटि अध्यक्ष लक्ष्मण भाटले जनाकारी गराउनु भयो ।
अध्यक्ष भाटले हस्ताक्षर गरेको पत्रमा यस्ता मागहरु उल्लेख गरेका छन् । राष्ट्रिय भूमि आयोग को काम के कसरी अगाडी बढिरहेको छ ?, ७२ विगाहाका सम्बन्धमा पालिकाको धारणा के हो १ वर्षमा जनप्रतिनिधीले के कती दैनिक भ्रमण भत्ता लिए बजेट विनियोजन गर्दा जनसंख्या र भुगोललाई आधार मानि किन भएन लगायतका जानकारी एमाले बेलडाँडीले मागेको छ । पालिका अध्यक्ष हरिशचन्द्र रानाले सार्वजनिक सूचना दिदै आएको र यसको पछि छिट्टै जवाफ सहितको सूचना उपलब्ध राउने बताउनु भयो ।






