फ्लोरिडा इन्टरनेसनल माध्यमिक विद्यालयको वार्षिक पत्रिका चौतारी विमोचित


कञ्चनपुर : कञ्चनपुरको भीनपा –१८ जानकीटोल स्थीत फ्लोरिडा इन्टरनेसनल माध्यमिक विद्यालयले वार्षिक पत्रिका चौतारीको विमोचन गरेको छ । बालबालिकाको साहित्यिक र सिर्जनात्मक तर्फ आर्कषण बढाउनको साथै विद्यालयमा वर्ष दिनमा हुने गतिविधिहरु अभिभाव सामुन्ने पु¥याउने उद्देश्यका साथ वार्षिक पत्रिका चौतारी (मुखपत्र) ल्याइएको’ विद्यालयका प्रधानाध्यापक जयराज ओझाले बताए ।

शुक्रबार गरिएको विमोचन कार्यक्रममा भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम जोशी (लेखक) द्वारा विमोचन गरिएको थियो । उपप्रमुख जोशीले ‘बालबालिकाको साहित्यिक र सिर्जनात्मक लेखन क्षमताको विकासका लागि प्रकाशित चौतारी प्रकाशन हुनु निकै महत्त्वपूर्ण कार्य भएको छ, यसको निरन्तर प्रकाशनको शुभकामना व्यक्त गर्दछु । यस क्षेत्रको शिक्षा विकासका लागि फ्लोरिडा ईन्टरनेशल माध्यमिक विद्यालयको महत्त्वपूर्ण योगदान रहेको छ।’ साथै नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा बालबालिकालाई लागूपदार्थ दुर्व्यशनका विरुद्ध चेतनामूलक अभियान थालेको बताईन ।
वार्षिक पत्रिका ‘चौतारी’ को सम्पादक रहेकी मितालिका टेलरले ‘चौतारीले बालबालिकाका रचना, वर्षभरका विद्यालयका गतिविधिलाई समेटेको र विद्यार्थीको प्रतिभाको अंकुरणका लागि मलजल प्रदान गरेको बताईन। विद्यालयका कार्यकारी निर्देशक उत्तर टमटाले ‘आफूले बालबालिकाको चौतर्फी विकासका लागि चौतारी कोसेढुंगा सावित हुनेछ र यो निरन्तर प्रकाशित हुने कुरा व्यक्त गरेका थिए।’ विद्यालयका प्रधानाध्यापक जयराज ओझाले चौतारी बालबालिकाको प्रतिभा बिसाउने वास्तविक चौतारी हुने छ भन्दै विधागत लेखरचनाको विश्लेषण गरेका थिए’।

विद्यालयका कार्यकारी अध्यक्ष उत्तर टमटाको सभापत्विमा भएको उक्त कार्यक्रममा भीमदत्तनगरपालिकाको उप–प्रमुख निलम जोशी (लेखक)को प्रमुख अतिथी रहेको थियो । भने कार्यक्रमको सन्चालन शिक्षक अशोक जोशीले गरेका थिए।


Loading Viewer...

ताजा समाचार

spot_img