कञ्चनपुर : सामुदायिक विद्यालयका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । आगामी आर्थिक बर्ष २०८०÷०८१को बजेटमा सामुदायिक विद्यालयका कर्मचारीको सेवा सुविधा नल्याएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन ।
संघीय सरकारले संसदा पेश गरेको नीति तथा कार्यक्तम बुँदा १२७मा सामुदायिक विद्यालयमा कायरत कर्मचारीको सेवा सुविधा र व्यवस्थापनका विषय उल्लेख भएपनि बजेट मार्फत सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित भएका छन । नेपाल विद्यालय कर्मचारी परिष्द जिल्ला र केन्द्रीय समितिले २१जेठदेखि आन्दोलनका कार्यक्तम घोषणा गरेका हुन । २१जेठदेखि २६सम्म शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुर सहितका देशैभरीका कार्यालयमा धर्ना दिने जनाईएको छ ।
नेपाल विद्यालय कर्मचारी परिष्द राष्ट्रिय समिति बरिष्ठ उपाध्यक्ष लक्ष्मण दत्त भट्ट र नेपाल विद्यालय कर्मचारी परिष्द कञ्चनपुर जिल्ला अध्यक्ष ईन्द्र सिह कार्कीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा २६जेठदेखि ३१जेठसम्म काठमाण्डौँ केन्द्रीत भद्रकालीमा धर्ना दिने उक्त अवधीसम्म समेत माग सम्बोधन नभए २ असारदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन ।
विद्यालय कर्मचारीको एक्त आन्दोलनमा कञ्चनपुरका शिक्षक संघ संगठनले समेत ऐक्यबद्धता जाहेर गरेका छन । नेपाल शिक्षक संघका अध्यक्ष बिरेन्द्र सिह भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बेद प्रकास उपाध्याय, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गोबिन्द बहादुर ढाँट, अखिल नेपाल शिक्षक संघका अध्यक्ष टेकेन्द्र बहादुर शाह र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लाल ब. शाहीद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा विद्यालय कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जाहेर गरिएको छ । विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकाका न्यून पारिश्रमिक दिएको भन्दै पटक पटक आन्दोलन गर्दै आएका थिए ।







