कञ्चनपुरमा विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइयो

दुव्र्यसन विरुद्धको सन्देश मुलक भिडियो बृतचित्रको विमोचना


कञ्चनपुर : कञ्चनपुरमा विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइएको छ । हरेक वर्ष मे ३१ मा मनाईने विश्व सुतीजन्य पदार्थ विरुद्धको दिवस बुधवार मनाइएको छ । विहान महेन्द्रनगर बजारमा विभिन्न विद्यालयका विद्यार्थी, समाजसेवी तथा धुम्रपान विरुद्धका अभियन्ताद्वारा प्लेकार्ड सहित प्रभातफेरी गरिएको थियो । धुम्रपान र सुतीजन्य पदार्थ विरुद्धका बिषयमा सम्बन्धमा छलफल तथा बृतचित्र प्रर्दसन गरीएको थियो ।

उक्त कार्यक्रममा दुव्र्यसन विरुद्धको सन्देश मुलक भिडियो बृतचित्रको विमोचना गरिएको थियो । धुम्रपान बिरुद्धको सन्देश रहेको वृतचित्र प्रर्दशनी २६ मिनेटको रहेको छ । उक्त बृतचित्रमा हेल्प नेपालका अध्यक्ष तथा धुम्रपान विरुद्धका अभियन्ता मदन चन्दको कसरी उनले सुर्तीजन्य पदार्थ विरुद्ध कदम अगाडि बढाए कसरी प्रेरणा पाए भन्ने बारे देखाईको छ । हेल्प नेपालका अध्यक्ष मदन चन्दको सभापतित्वमा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.अम्म राज जोशी, विशिष्ट अतिथीमा जिल्ला समन्वय समितिका उप प्रमुख तथा कार्यवाहक प्रमुख राम कुमारी राना, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, भीमदत्त नगरपालिका वडा नं. १ का वडाध्यक्ष आसेफ कुवर (भुन्टु), जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायवउपरिक्षक प्रकाश डांगी, समाजसेवी लिलाध्वज बस्नेत लगायत रहेका थिए । कार्यक्रम सञ्चालन खेमराज ऐरीले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बिभिन्न संघ संगठन, बिद्यार्थी, सरोकारवालाहरुको सहभागिता रहेको थियो । विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्व धूम्रपान रहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो । १९८८ मा हरेक वर्ष मे ३१ मा विश्व धूम्रपान रहित दिवस मनाउन आह्वान गरिएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img