कञ्चनपुर उद्योग वाणिज्य संघको ३२ औँ बार्षिक साधारण सभा


कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघको ३२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार वाणिज्य संघको संघकै सभाकक्षमा साधारण सभा सम्पन्न भएको हो । वाणिज्य संघको साधारण सभामा बोल्ने अधिकाँस वक्ताहरुले आर्थिक दिगो विकासका लागि औद्योगिकरणमा जोडदिएका छन । सधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका पुर्वमन्त्री एव काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले उद्योगी व्यवसायीमा साझा समस्या समाधानका लागि पहल गर्दै बिग्रीएको अर्थतन्त्र सुधारमा जोडदिएका छन । लेखकले तीन वर्षभित्र सुख्खा बन्दरगाह बनाउन भारतसित सहमति गरिएको उल्लेख गर्दैै त्यसबाट पठाउनका लागि उद्योग व्यवसायीले सक्रियता देखाउनु पर्ने बताए ।

सुख्खा बन्दरगाहबाट पठाउने समान नभए त्यो आयातका लागि हुने उनले चिन्ता व्यक्त गरेका छन । सरकारले सुख्खा बन्दरगाह निर्माण गरी आफैं उद्योग, होटल सञ्चालन गर्न नसक्ने लेखकले बताए । उनले महाकाली कोरिडोर, छेला औद्योगिक क्षेत्र, मझगाउँ विमानस्थल सञ्चालन लगायतका योजना सञ्चालनमा पनि आफूले ध्यान दिने बताए । ‘अब तीन वर्षमा सुख्खा बन्दरगाह बन्छ, तर त्यसबाट पठाउने चाहिँ के हो, त्यो तपाईहरु सोच्नु होस, यो मुद्दा तपाईहरुले नै उठाउनु भएको हो, महाकाली पुलको मुद्दा तपाईहरुले नै उठाउनु भएको हो’ कार्यक्रममा उनले भने,‘तपाईहरु मुद्दा बनाउनु होस, त्यो तपाईको मुद्दा म आफ्नो मुद्दा बनाएर अघि बढ्छु ।’ संघका महासचिव खगेश्वर बोहराद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा स्थानीय तहसंग सहकार्य गरेर उद्योगी व्यवसायीको हकहितका लागि कार्य गर्ने, ईण्डो नेपाल व्यापार मेला आयोजना गर्ने, संघको दीगो विकास स्रोत पहिचान गर्ने, औद्योगिक क्षेत्र यथाशिघ्र निर्माण गरी संचालनमा ल्याउनका लागि पहल गर्ने, निर्माणाधिन मझगाँउ विमानस्थल कार्यलाई छिटो छरितो निर्माण गर्नेदेखि टे«ड फ्रि जोन स्थानपनाका लागि पहल गर्ने बताए ।

कार्यक्रममा कञ्चनपुर पत्रकारिता पुरस्कार पत्रकार सुजित सिनाललाई प्रदान गरिएको छ । होटल न्यू चेतन प्रालिका संचालक नवराज जोशीलाई सम्मान गरिएको छ । भने लोक दोहोरो प्रतिष्ठान कञ्चनपुरलाई ५० हजार सहयोग गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले कोरोना महामारीपछि अर्थतन्त्रमा देखिएको समस्याले उद्योगी व्यवसायी धरासायी बनिरहेका बेला सरकारले उद्योग क्षेत्रको प्रर्बद्धन गर्नुपर्नेमा जोडदिए । कार्यक्रममा उद्योगी व्यवसायी, प्रदेश, संघका संसद जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img