कञ्चनपुर: नेपाल नाई संघ कञ्चनपुरको अध्यक्षमा राम सोगारथ ठाकुर चयन भएका छन । महेन्द्रनगरमा सम्पन्न भएको नाई संघ कञ्चनपुरको मजदुर एकता भेलाबाट अध्यक्षमा ठाकुर चयन भएका हुन ।

उपाध्यक्ष भुवन ठाकुर, महासचिव सन्जे ठाकुर, सचिव आन्द कुमार ठाकुर, कोषाध्यक्ष सेटलाल ठाकुर, उप महासचिव सुनिता ठाकुर, सदस्य चेतराज राना, सबु सलमानी, दिपक रैकाल, भुवन सुनार, सकिल सलमानी, मुना सलमानी, रामलाल चौधरी, दिपक राना, मिङसिह राना रहेका छन ।

सल्लाहकारमा प्रदिप कुमार ठाकुर रहेका छन । नेपाल नाई संघ कञ्चनपुरको अध्यक्षमा पुन चयन भएका राम सोगारथ ठाकुरले नाई संघको हक अधिकारका लागि पहल गर्ने बताएका छन । भीमदत्त नगरका उपप्रमुख निलम लेखकको प्रमुख आथित्यमा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट सरोकारवाला उपस्थिति रहेका थिए ।







