निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाद्धारा एक दिने नर्सरी व्यवस्थापन तालिम सम्पन्न


कञ्चनपुर : कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था आयोजना तथा आरएमडिसी लघु वित्तिय संस्था लि.को प्राविधिक सहयोगमा उद्यमशिलताको विकास संग संगै वोट विरुवा, वेर्ना उत्पादन गरि रहेका तथा उद्यमी बन्न ईच्छुक आफ्ना सदस्यहरुका लागि एक दिने नर्सरी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । भीमदत्त नगरपालिका क्षेत्रका विभिन्न वडाहरु वाट प्रतिनिधित्व गरी ४० जना भन्दा बढि सदस्यहरुको सहभागि रहेको तालिलमा फलफुल नर्सरीका संचालक दमन चन्दले प्रशिक्षण दिनु भएको उक्त तालिमको संचालन संस्थाकी प्रबन्धक बविता चन्दले गर्नु भएको थियो ।

उक्त एक दिने तालिलमा तरकारीका वेर्ना राख्ने, फलफुलका वोट र विरुवा तयार गर्ने, कल्मे बनाउने , नर्सरीको स्याहार, मल व्यवस्थापन तथा बजारिकरणका बारेमा चेतना जागृत गराई सदस्यहरुलाई नर्सरी उद्यम तर्फ आर्कषित गरिउने उद्देश्य रहेको र उक्त कार्यका लागि आवश्यक ऋणको प्रबन्ध सहकारी बाट मिलाईने कुरा संस्थाका कार्यकारी प्रमुख प्रेम सिंह भाटले बताउनु भएको थियो । नर्सरी व्यवस्थापन तालिममा सहभागिहरुलाई सैद्धान्तिक पक्षका साथ साथै फलफुल नर्सरीमा अध्ययन अवलोकन भ्रमण समेत गराएको र प्रशिक्षार्थीहरुको आ–आफ्नो जिज्ञासा राखेका र नर्सरी स्थापना गर्नमा हौसिएको कुरा समेत प्रशिक्षक दमन बहादुर चन्दले बताउनु भयो ।

उक्त तालिलमा सहकारी संस्थाका संचालक तर्क राज भट्ट, नन्दराम भाट, भावना के.सी. , विभिन्न आमा समुहका प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img