अखिल नेपाल महिला संघ(क्रान्तिकारी) बेदकोट नगरको अध्यक्षमा जोशी


राजुराम सार्की(भुल)/ कञ्चनपुर: अखिल नेपाल महिला संघ(क्रान्तिकारी) बेदकोट नगरको अध्यक्षमा जलुदेवी जोशी चयन भएकी छिन । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बेदकोट नगरको प्रथम नगर अधिवेशनबाट जोशी चयन भएकी हुन ।

उपाध्यक्ष कमला राना, हिरा धानुक, सचिव बसन्ती बडू(पन्त), सह सचिव अनिता चौधरी, कोषाध्यक्ष रुपा सुनार लगायतका ५५ सदस्य रहेका छन । अखिल नेपाल महिला संघ क्रान्तिकारी बेदकोट नगरको जिम्मा पाएकी जलुदेवी जोशीले महिलाको राजनीतिक हक अधिकारका लागि आफ्नो तर्फबाट पहल गरिने प्रतिबद्धता जाहेर गरिन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य एव अन्तरिम विधायक नन्दसिह सार्कीले महिलाको हक अधिकार र कर्तव्य तर्फ संगठन अघि बढाउनुपर्नेमा जोडदिए ।

अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष शान्ति शाहीले बेदकोट नगरपालिका जस्तै अन्य पालिकामा समेत संगठन विस्तार गरिने बताईन । कार्यक्रममा मिना राज गिरी, गणेश विक(कुसल)स्वेता भट्ट, दल ब. धामी(अबिरल) सहितका माओवादी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img