कञ्चनपुर:महाकाली अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष डा. कृष्णदत्त जोशी(बोक्सर)लाई सम्मान गरिएको छ । महाकाली अस्पताल सुधार गर्दै यस क्षेत्रका जनताको स्वास्थ्य सुधारमा भूमिका निर्वाह गरेको भन्दै डा. बोक्सरलाई सम्मान गरिएको हो । शुक्रबार आर्दश महिला समाज नेपालले डा. जोशीलाई एक कार्यक्रमका विच सम्मान गरेको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका प्रखर नेता समेत रहेका डा. जोशी महाकाली अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुँदा कोरोना महामारीका बेला अतुलनिय काम गरेको भन्दै प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ ।

आर्दश महिला समाज नेपालकी अध्यक्ष माया नेगीले जनस्वास्थ्यमा डा.बोक्सरले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै आगामी दिनमा थप समाजसेवा तल्लिन हुनका लागि सम्मान गरिएको बताईन । आर्दश महिला समाज नेपालले शुक्रबारदेखि भीमदत्त नगरपालिकामा शुरु गरेको महिला क्षमता अभिबृद्धि तालिम उद्घाटन कार्यक्रममा डा. बोक्सरलाई सम्मान गरिएको छ ।

संयोजक गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट भीमदत्त नगरको उपप्रमुखमा चुनाव लडेका बोक्सरसंगै काँग्रेसबाट चुनाव लडेरपनि जितेकी उपप्रमुख निलम लेखकले नै सम्मान गरेकी छिन । भीमदत्त नगरपालिका उपप्रमुख निलक लेखकले बोक्सरको तारिफ गर्दै समाजसेवाका लागि दल, क्षेत्र, जात नभई निरन्तर मानविय सेवामा खटिएको बताईन ।







