नविस घोटालाकाण्ड : अनसनकारीको स्वास्थ्यमा समस्या

कञ्चनपुर: महेन्द्रनगर नगर विकासको जमिन घोटाला काण्ड बिरुद्धमा अनसनमा रहेका क्रान्तिकारी कञ्चनपुरका नेताको स्वास्थ्यमा समस्या आएको छ । पाँचदिनदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर मदनचोकमा अनसनमा रहेका क्रान्तिकारी नेताहरु दिपेन्द्र सिह ऐरी, जय बहादुर रोकाया र निरज विकको स्वास्थ्यमा समस्या भएको छ । भोकभोकै, जेठ महिनाको आँधीहुरी, पानीकै विचमा पनि निरन्तर अनसनमा बसेपछि उनीहरुको स्वास्थ्यमा समस्या आएको क्रान्तिकारी पार्टी कञ्चनपुरका नेता हरिस दयालले बताए । ‘भ्रष्टाचार बिरुद्धको हाम्रो पार्टीले आन्दोलन शुरु गरेको पाँच दिन भईसक्यो,‘उनले भने, ‘तीनै जना नेताको स्वास्थ्यमा दैनिक समस्या आईरहेको छ, सरकारलाई वास्ता नै छैन ।’

बेथिथि बिरुद्धको आन्दोलनमा सरकारी साथ सर्मथन हुनुको साटो स्वास्थ्य खराब हुँदा समेत सरकार रमिता हेरिहरेको छ ।’ ऐरीको स्वास्थ्य जटिल समस्या आएपछि स्थानीय मन्त्र अस्पतालका चिकित्सकले स्लाईन चढाएका छन । भने विक र रोकायाको समेत स्वास्थ्यमा समस्या आईरहेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले अनसन अनसन स्थल पुगेर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने बताए । प्रजिअ अर्यालले अनसनकारीले अघि सारेका मागदेखि स्वास्थ्य अवस्था बुझेर अनसनरत पक्ष र सरकारसंग सहजिकरण गरिने बताए ।

ताजा समाचार

This will close in 10 seconds