कञ्चनपुर : बाघको आक्रमणबाट मृत्यु भएकी चन्दको परिवालाई राहत स्वरुप रु. १० लाख सहयोग भएको छ । कञ्चनपुर बेलौरी नगरपालिका ८ पचुई बस्ने गंगा चन्दको मिति २०८० बैशाख ८ गते (घरभन्दा १.५ किलोमिटर टाढा) आफ्नै बारीमा घास काटने क्रममा जंगली बाघको आक्रमणमा परी मृत्यु भएको थियो । उनलाई बाघले आक्रमण गरी केही पर लगेको थियो महिलाको खोजीगर्ने क्रममा उनको शव फेला परेको थियो ।
निज महिलाको परीवारलाई जेष्ठ १० गते बुधबार जिल्ला प्रसासन कार्यालयका कञ्चपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद आचार्य, डिभिजन बन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख शुम्भु प्रसाद तिवारी र जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक कमल थापाको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीले मृत्यका श्रीमान डम्मर चन्दलाई रु. १० लाख हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।