कञ्चनपुर : महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला प्रकरणमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले मदन चोकमा थालेको आमरण अनसनमा कञ्चनपुरका जनप्रतिनिधीले समेत ऐक्यबद्धता जाहेर गरिरहेका छन ।
अनसनमा बसेका क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले बुधबार कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह र भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले ऐक्यबद्धता जाहेर गरेको बताए ।
जनप्रतिनिधीका साथै राजनीतिक दलका नेता, कार्यकर्ता एव सर्वसाधारणले समेत भ्रष्टाचारको आन्दोलनमा ऐक्यबद्धता जाहेर गरिरहेका छन ।