कञ्चनपुर: राष्ट्रिय जनगणना ०७८को नतिजा बारे कञ्चनपुरमा छलफल गरिएको छ । तथ्याङ्क कार्यालय कञ्चनपुरले बुधबार महेन्द्रनगरमा राष्ट्रिय जनगणना ०७८को नतिजा बारे छलफल गरेको हो । जनगणनाको नतिजा बारे जिल्लाका सरोकारवाला पक्षसंग अन्तरकृया गरेको छ ।

तथ्याङ्क कार्यालय कञ्चनपुरका प्रमुख गोबिन्द न्यौपानेले जनगणना बारे जिल्ला, प्रदेश र समग्र देशकै सबै बस्तु स्थिति बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल सहितका जिल्ला स्थित विभिन्न सरकारी निकायका प्रतिनिधीको सहभागिता रहेको थियो ।







