कञ्चनपुर: मंगलबार मध्यरातमा आएको हावाहुरीले कञ्चनपुरमा ताण्डप नै मच्चाएको छ । मध्यरातमा आएको हावाहुरीले मजदुर घाईतेदेखि विद्यालय घरको छाना उडाएको छ । राती मानिसका गतिबिधी कम हुने भएकाले मानविय क्षति नभएको कञ्चनपुर प्रहरीले जनाएको छ । बर्दिया घर भई भीमदत्त नगरपालिका १८ सालघारी बस्दै आएका दुई मजदुर घाईते भएका रुखको हाङखा खस्दा गणेश चौधरी र हेलो चौधरी घाईते भएका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले हावाहुरीका कारण रुखको हाङगा खस्दा गणेश र हेलो घाईते भएको बताए । घाईते गणेशको थप उपचारका लागि धनगढी रिर्फर गरिएको र हेलोको महाकाली अस्पतालमा उपचार भईरहेको छ । प्रहरी प्रवक्ता डाँगीले रातीका बेला हावाहुरी आएपछि मानविय क्षति नभएको बताए ।
हावाहुरीले घर, विद्यालय एव अन्य व्यवसायिक प्रयोजनका घर संरचनामा क्षति भएको छ । भीमदत्त नगरपालिका १४ बनकट्टी स्थित शान्ति आधारभूत विद्यालयका प्रद्यानाध्यापक उत्तम विष्टले हावाहुरीले विद्यालयको जस्ता नै उडाएर लगेपछि पठनपाठनमा प्रभावित भएको बताए । प्रअ विष्टले हावाहुरीले भवनको जस्ता सहित अन्य शैक्षिक समाग्रीमा क्षति पुगेकाले कक्षा कोठा अभावमा पठन पाठन प्रभावित भएको बताए । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले हावाहुरीले शान्ति टोल प्रेम बहादुर रोकाया, लक्ष्मी भट्टको घर सहित गोठमा क्षति भएको बताए । ‘हामी थप क्षतिको विवरण अध्ययन गरेका छौँ, ‘अध्यक्ष साउदले भने, ‘हावाहुरीले मानविय बाहेक अन्य भौतिक क्षेत्रमा क्षति पु¥याएको छ ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार दिउँसोसम्ममा भीमदत्त नगरपालिका ५ बनगाँउ स्थित दशरथ पेलाको कच्ची घरको जस्ताउडाएको, भीनपा ७ खैरनी गणेश विष्टको कच्ची घरको जस्ता उडाएको, भीनपा ४ महेन्द्रनगर राजन खतिवडाको कच्ची घरको जस्ता उडाएको, भीनपा १७ बाँसखेडा जगदिश लावडको जस्तापाता उडाएको छ । ‘यो बाहेक पनि हामी थप क्षति भएको भए विवरण संकलन गछौँ, ‘प्रवक्ता डाँगीले भने, ‘जिल्लाभरीको एकीन विवरण आउनेक्रम जारी छ ।’ हावाहुरीका कारण बेलडाँडी, बेलौरी, पुनर्वास सहितका स्थानमा विद्युतका पोल खस्दा विद्युत समेत अवरुद्ध भएको छ । चर्को गर्मीमा विद्युत अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन । हावाहुरीले हरेक बर्ष फलफुल तरकारी, भौतिकदेखि मानविय क्षति गर्दै आएको छ । एक्कासी आउने हावाहुरी तुफानका कारण क्षति हुने गरेको छ ।